ब्रेकिङ न्युज

Default Placeholder

२३ असोज २०८२

नेपालले T20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्त्रगत   कुवेत संग ५८ रनको जित निकालेको छ । ओमानमा भइरहेको छनौट खेलमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेख तेस्रो ओभरमा एलबिडब्लु आउट भएपछी ५ रनको स्कोरमा पहिलो विकेट आउट भएको थियो । 

माथिल्लो क्रममा ब्याटिङ गरिरहेका कुशल भुर्तेलले संयम भएर ब्याटिङ गर्दै टिमको स्कोरलाइ बिस्तारै अगाडि बढाएका थिए । ५६ बलको सामना गर्दै भुर्तेलले ६६ रन बनाए यस्तै कप्तान रोहितले १५ बलमा १६ रन बनाए भने अलराउण्डर दिपेन्द्र दिपेन्द्र सिंह ऐरीले १९ बलमा २० रन बनाउदै रन आउट भएका थिए  । ११.४ ओभरमा सन्दिप जोरा आउट हुदा नेपालको स्कोर ६३/४ को स्थिती थियो ।  अन्तिम ओभरहरुमा रन प्रतिबल खेलिरहेका कुशल भुर्तेल समेत आक्रामक भए भने उनलाई दिपेन्द्र तथा ३ बलमा लगातार ३ छक्का प्रहार गर्दै ६ बलमा २० रनको इनिङ खेल्दै टिमलाई लडनसक्ने स्कोर सम्म पुर्‍याएका थिए । 

१४२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कुवेतका लागि लक्ष्य ठूलो नभएपनी नेपाली बलिङ युनिट र फिल्डिङ उसका लागि बाधक बन्यो । कुवेतका लागि ओपनर अन्तोले २६ रन बनाउनु नै व्यक्तिगत उच्चतम स्कोर रहन गयो, उनलाई दिपेन्द्रले रन आउट गरे । ८३ रनमा अल-आउट भएको  कुवेतका ब्याटरहरुलाइ सस्तैमा आउट गर्ने क्रममा स्पिनर रोहित, ललित र सन्दिपले क्रमशः २/२ विकेट लिए भने सोमपाल,कुशल र नन्दनले १/१ विकेट लिएका थिए । नेपालले उक्त शृखला ५८ रन जित्दै आफू तेस्रो चोटि विश्वकप खेल्नेमा समग्र नेपाली खेल प्रेमीहरुलाइ विश्वस्त समेत पारे । राम्रो बलिङ र फिल्डिङ गरेका दिपेन्द्रले ब्याटिङ तर्फ १ छक्का सहित २० रन, फिल्डिङमा १ रन आउट तथा बलिङ तर्फ ३ ओभर बलिङ गर्दै १० रन खर्चिएका थिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: