ब्रेकिङ न्युज

Default Placeholder

 

१६ भाद्र २०८२

मुगु :

मुगु जिल्लामा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० बर्ष पछि नेपाल सरकारले थप एक छायाँनाथ राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेको छ  । बि.स. २०३२ सालमा रारा हुटु क्षेत्रका बासिन्दालाई  बाके चिसापानी गाबर सारेर तत्कालिन सरकार प्रमुख राजा महेन्द्रले रारा राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । बिशेष गरि सुन्दर रारा तालको संरक्षण पर्यटनको बिकास र वन्यजन्तुको लागि रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । राजा महेन्द्रले स्थापना गरेको हुदा त्यतिबेला रारा तालको नामनै महेन्द्र ताल राखिएको थियो भने पछि रारा ताल नामाकरण गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० बर्षपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रस्तावमा नेपाल सरकारले मुगु जिल्लामै अर्को छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । मन्त्री शाही मुगु जिल्ला बाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन । यो निर्णय पश्चात एउटै जिल्लामा दुई वटा निकुञ्ज भएको जिल्लाको नामले मुगुलाई चिनिने निश्चित भएको छ । नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज सहित छायाँनाथ राष्टिय निकुञ्ज जोडेर अब नेपालमा निकुञ्जको संख्या १३ पुगेको छ । छायाँनाथ राष्टिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको छ ।

छायाँनाथ राष्ट्रिय निकुञ्ज

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका डोल्फू क्षेत्रको ८ सय ४३.३६ बर्गकिलोमिटर भू—भाग डोल्पा जिल्लाको शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सित जोडिएको थियो । उक्त भू—भागलाई मात्र अलग अर्थात टुक्रयाएर छायाँनाथ राष्ट्रिय निकुञ्ज बनाउने नेपाल सरकारले निर्णय गरेको छ । शे—फोक्सुण्डो निकुञ्ज क्षेत्र भित्र पर्ने मुगुम कार्मारोङ गाउ“पालिकाको चितै, डोल्फू, कार्ति, किम्री, वाडरी, ताखा र खारी लगायत सात वटा बस्तीका  स्थानीयलाई सिफारिस बनाउन, सेवा सुबिधा लिन शे—फोक्सुण्डो निकुञ्ज आवतजावत गर्न पैदल मार्ग बाट सात दिन समय लाग्ने । जहाज चढेर जान मुगु बाट नेपालगञ्ज , नेपालगञ्ज देखि डोल्पा पुग्नु पर्ने दुई मार्गको कठिनाईलाई अन्त्य गर्न छायाँनाथ राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । निकुञ्जमा सानो काम लिन स्थानीयलाई धेरै दुःख भोग्नु पर्ने अबस्थालाई अन्त्य गर्न छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्नु परेको मन्त्री शाहीको भनाई छ । पञ्चायतकाल देखि नै पिडित स्थानीयले अलग निकुञ्ज बनाई दिन बारम्बार सरकार सङ्ग माग गर्दै आएका थिए । पछिल्लो पटक मुगुम कार्मारोङ गाउपालिकाले पनि लिखित रुपमा शे—फोक्सुण्डो भू—भाग सित जोडिएको मुगुको भूभागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन सरकार संग माग गर्दै आएको थियो । हाम्रो सपना पनि वनमन्त्रीज्यूले पुरा गरि दिनु भयो गाउपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ ।हरेक गाउसभामा निकुञ्जको माग गर्दै आएका थियौ अध्यक्ष लामाले भने अहिले हाम्रै जिल्लाको प्रतिनिधि  वनमन्त्री भएपछि माग पुरा भयो । सात दिन हिडेर शे—फोक्सुण्डो जानु पर्ने दुःख मन्त्रीले अन्त्य गरिदिनु भयो एक स्थानीयले बताए । राजपत्रमा प्रकाशित भइसकेपछि छायानाथ रााष्ट्रिय निकुञ्जको कार्यालय स्थापना दरबन्दी मिलान गरिने प्रक्रिया अगाडि बढने छ । मुगुम कार्मारोङ गाउपालिकाले निकुञ्जको कार्यालय डोल्फू परलोक भन्ने स्थानमा राख्न जग्गा समेत तयारी गरिसकेको छ । 

 पर्यटनको सम्भावना 

पर्यटन क्षेत्रका लागि छायाँनाथ राष्टिय निकुञ्ज अति महत्वपूर्ण मानिने भएको छ । रारा भ्रमण आउने पर्यटक छायाँनाथ राष्टिय निकुञ्ज हुदै शे—फोक्सुण्डो जान रमाउने छन । झारल, नाउर, थार, हिमचितुवा, घोरल मृत लगायत प्रसस्त मात्रमा बन्यजन्तु र पंक्षि यार्सागुम्बु देखि अथाहक जडिबुटी, प्राचिन तिहार गुम्बा, तिहार दोभान ऐतिहासिक बौद्ध धार्मिक चिटिम गुम्बा रहेको हुदा छायाँनाथ राष्टिय निकुञ्ज पर्यटनको लागि महत्पूर्ण मानिएको छ ।छायाँनाथ राष्टिय निकुञ्जको माथिल्लो क्षेत्र हुदै शे—फोक्सुण्डो पुग्न ट्रेल हिमालयन यात्राको लागि पनि अति रोमाञ्टिक क्षेत्र भित्र पर्ने गरेको छ । अब प्राचिन डोल्फू तामाखानी पनि छायाँनाथ राष्टिय निकुञ्ज क्षेत्र भित्रै पर्ने भएकोले घुम्न जाने पर्यटकहरु उक्त तामाखानी अबलोकन गर्न पाउने छन । छायाँनाथ राष्टिय निकुञ्ज भ्रमणमा आउने पर्यटकहरुलाई बाटोमा चर्दै गरेका र नदीको किनारमा पानी तिर्खा मेटाउदै गरेका चौरी, झोवा, घोडाहरु स्वागतद्धारको रुपमा चिनिने गरेका छन ।

धार्मिक छायानाथ तिर्थस्थलको महत्व

छायाँनाथ राष्टिय निकुञ्ज स्थापनाले ओझेलमा परेको धार्मिक छायानाथ तिर्थस्थलको बढी प्रचार प्रशार भई अझ महत्व र बढी मान्यता हुने अनुमान गरिएको छ । बद्रीनाथ, केदारनाथ धाम भारतमा रहेका छन भने छाया“नाथ धाम मुगुमा रहेको छ ।अब छायाँनाथ राष्टिय निकुञ्ज घुम्न जाने पर्यटकले छाया“नाथ तिर्थस्थलको दर्शन अबलोकन गर्ने पाउने छ । छाया“नाथ तिर्थस्थल मुगुम कार्माारोङ गाउपालिकाको डोल्फूमा पर्ने गरेको छ । समुद्रीसतह देखि करिव ४५ सय मिटर उचाइमा छायानाथ तिर्थस्थल रहेको छ । छाया“नाथ दर्शनले मनोकाक्षा पुरा हुने विश्वास छ ।

जडिबुटी र बन्यजन्तुको संरक्षण 

छायाँनाथ राष्टिय निकुञ्ज स्थापनाले बन्यजन्तु,जडिबुटी प्राकृति सम्पदाको संरक्षण हुने देखिएको छ । जथाभावि उत्खननले लोपहुदै गएको यार्सागुम्बु लगायत जडिबुटी अब संरक्षण भई तोकिएको समयमा स्थानीयले संकलन गर्न पाउने छन । बढदो चोरी शिकारको नजरमा परेका बन्यजन्तुको पनि संरक्षण हुने देखिएको छ  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: