ब्रेकिङ न्युज

Default Placeholder

पर्यटन, प्रवर्द्धन र स्वास्थ्य सचेतनामा टेवा पुग्ने अपेक्षा

११ फागुन,२०८२

महेन्द्रनगर, कञ्चनपुर – कञ्चनपुरको पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य सचेतनालाई प्रवाह गर्ने उद्देश्यले मानसखण्ड इभेन्ट म्यान्जमेन्ट ले भोलि मंगलबार मानसखण्ड साइकिल र्‍याली आयोजना गर्ने भएको छ।आयोजकका अनुसार साइकिल यात्रा मंगलबार बिहान ८:०० बजे महेन्द्रनगरको मदनचोकबाट सुरु हुनेछ। र्‍याली भिमदत्त नगरपालिकाको जैविक मार्ग हुँदै वेदकोट नगरपालिकास्थित प्रसिद्ध पर्यटकीय स्थल बेदकोट ताल पुगेर विष्णु मन्दिरसम्म समापन हुने कार्यक्रम रहेको छ।

प्रेस मिटमार्फत जानकारी दिँदै आयोजक टोलीले “स्वास्थ्यका लागि साइकिल यात्रा” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ। यस अभियानले जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै कञ्चनपुरका प्राकृतिक तथा धार्मिक स्थलको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिइएको छ।

मानसखण्ड इभेन्ट म्यान्जमेन्टले विगतमा पनि विभिन्न सामाजिक तथा खेलकुदसम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसपटकको र्‍यालीमा नेपालका विभिन्न जिल्लासँगै विदेशमा समेत साइक्लिङ गर्दै आएका राइडरहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साथै कञ्चनपुरका स्थानीय राइडरहरूको उल्लेख्य उपस्थिति रहनेछ।स्थानीय स्तरमै आयोजना हुन लागेको यस साइकिल र्‍यालीले खेल पर्यटनको सम्भावना उजागर गर्नुका साथै युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: