ब्रेकिङ न्युज

Default Placeholder

१६ भाद्र २०८२ 

महेन्द्रनगर :

निर्माण व्यवसायी संघ कंचनपुरको १५औ जिल्ला अधिवेशनको लागि भदौ २० र २१ गते अधिवेशन मिति तोकिसकेको छ । कंचनपुर निर्माण अध्यक्षको लागि निर्माण व्यवसायी पुष्पराज अवस्थीले आज पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।  निर्माण व्यवसायी अवस्थीको घोषणा सङ्गै हालका अध्यक्ष निरन्जन प्रसाद भट्ट र अवस्थी बिच प्रतिस्पर्धा हुने आधिकारिका रुपमा घोषणा समेत भएको छ । यस अघिको निर्वाचनमा समेत भट्ट सङ्ग झिनो मतले पराजित भएका अवस्थी यो अधिवेशनमा भने नतिजा आफ्नो पक्षमा पार्न दौडधुपमा रहेका मानिन्छन । 

कंचनपुर जिल्लामा २९८ जना निर्माण व्यवसायीहरु निर्माण व्यवसायी संघको सदस्य रहेका छन । निर्माण व्यवसायी अवस्थीको अध्यक्ष उम्मेदवारी सङ्गै वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम , उपाध्यक्ष यज्ञराज बैज , महासचिव देवीदत्त भट्ट , सचिव गोरे सिंह ऐर , कोषाध्यक्ष दिल बहादुर सिंह , सहकोषाध्यक्ष  चित्र बहादुर कार्की लगायतको प्यानलका साथ उम्मेदवारीको घोषणा गरेका हुन । 

उम्मेदवारी घोषणा सङ्गै अध्यक्षका उम्मेदवार अवस्थीले जिल्लाभरी करिब ६०० जना निर्माण व्यवसायी रहेकोले संघमा हाल आएर जम्मा २९८ जनाको सदस्यता हुनुमा संघको कमजोरी रहेकोले आफुले अध्यक्षको जिम्मेवारी पाएमा कंचनपुर जिल्लाका सबै निर्माण व्यवसायी साथीहरुलाइ एकजुट बनाएर निर्माण व्यवसायी संघमा समेत आवद्ध गराउने ,निर्माण व्यवसाय गर्दा ल्याबको लागि नेपालगन्ज रहेको हुदा हामीले महेन्द्रनगरमै सुविधा सम्पन्न ल्याबको व्यवस्था गर्ने तथा आफ्नो प्यानल कुनै राजनितिक संघ संगठनको प्यानल नरही बिशुद्ध रुपमा निर्माण व्यवसायीको हकहितमा काम गर्ने टीम रहेको समेत बताएका छन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: