ब्रेकिङ न्युज

Default Placeholder

१६ कार्तिक २०८२

कञ्चनपुर:

ऋण मुक्त जनता ऋण मुक्त देश त्यसपछी आउछ विकासको भेल भन्ने मुल नारा बनाई कञ्चनपुरको महेन्द्रनगरमा आज लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले लघुवित्त पिडितको प्रतिवेदन विनासर्त कार्यान्वयन गर, जेनजी आन्दोलनका मागहरु पुरा गर, सम्पुर्ण बैंक वित्तिय संस्थाहरुको राष्ट्रियकरण गर, सामुहिक कर्जा प्रणालीको अन्त्य गर, जनपक्षिय मौद्रिक निति कायम गर लगायतका नारा जुलुस सहित र्‍याली निकाल्दै महेन्द्रनगर बजारबाट जिल्ला प्रशासन कार्यालय पुगेका छन । करिब चार वर्षबाट विभिन्न समिति तथा उपसमिति बनाई निरन्तर आन्दोलनमा रहेका मिटर ब्याजी पिडीतहरु हाल सम्म समेत संघर्षमा रहेका छन ।

मिटर ब्याजी पिडितहरुमध्ये २८ जनाको जिल्ला प्रशासन कार्यालय तथा ९ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा चलिरहेको छ । मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय प्रतिनिधि दामोदर ढकालका अनुसार करिब चारबर्ष देखि लगातार सरकार पक्ष तथा विषेश गरि गृह मन्त्रालय संग आफ्ना समस्याहरु राखे पनि कुनै पनि सरकारबाट आफ्ना समस्याहरु बारे उचित सम्बोधन नभएको हुदा आफुहरु देशभरका पिडितहरु एकजुट भई आफ्नो समस्याका लागि आवाज उठाउने निर्णय भएको बताएका छन ।

मिटर ब्याजी पिडितहरु मध्ये कञ्चनपुरमा ५३ जना रहेको र जसमध्ये ७ जना मुद्धामा परि जेलमा रहेका तथा केहि पिडितहरु भारततर्फ रहेका छन । देशभरि मिटर ब्याज लगायतका वित्तिय समस्यामा परेका ३३ वटा संगठन/समितिहरु रहेका छन । ३३ वटा संगठन/समितिहरु मध्ये ७ वटा समितिहरुले कार्तिक अन्तिममा काठमाण्डौमा एकजुट भई सहकार्य गर्ने गरि महाधिवेशन गर्ने तथा आगामी दिनहरुमा आफ्ना संघर्षका कार्यक्रमहरु कसरी अगाडी बढाउने भन्ने निति समेत तयार हुनेछ  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: