१ भदौ २०८२
कञ्चनपुर:
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( समाजवादी ) ले कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज बि. पि. उपाध्यायको प्रमुख आतिथ्यमा विस्तारित बैठक सम्पन्न गरेको छ । विस्तारित बैठकबाट ललित मिश्रको संयोजकत्वमा ४३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
यसका साथै आउदा दिनहरुमा पुर्ण कमिटी गठन हुने गरी क. नरेश भट्टलाई सुदुरपश्चिम विश्वविद्यालय एकाई कमिटि संयोजक तथा क. हेमन्त भट्टलाई सिद्दनाथ विज्ञान क्याम्पस संयोजकको जिम्मेवारी दिइएको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जिल्ला ईन्चार्जले जानकारी गराएका छन ।
नव नियुक्त कमिटिलाई शुभकामना दिदै जिल्ला ईन्चार्ज उपाध्यायले देशभरिका युवाहरुको आफ्नो संगठनप्रति बढ्दो झुकाव रहेको हुदा आज गठित कमिटीले आफुलाई तोकिएको जिम्मेवारीमा उत्कृष्ठ काम गरेर देखाउनेमा आफु बिश्वश्त रहेको बताएका थिए ।
