०१ भाद्र , २०८२
कञ्चनपुर
तत्कालिन शुक्लाफाटा वन्यजन्तु आरक्ष तथा हाल शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बि. स. २०५८ सालमा विस्तारको क्रममा विस्थापित भएका पिडित परिवारहरु महेन्द्रराजमार्गको कृष्णपुर, बंकमा राजमार्गको बिचमा बसि राजमार्ग बन्द गरेका छन । यसअघि महेन्द्रनगर बजारको मदनचोकमा साउन २२ गते आमरण अनशन बसेका आरक्ष पिडितहरु आजबाट आन्दोलनको स्वरुप परिवर्तन गरेका छन ।
कृष्णपुर न. पा. २ बंक स्थित महेन्द्रराजमार्गमा आरक्ष पिडित जिल्ला संघर्ष समितिले एक घण्टा बाटो बन्द गरेका छन । करिब २४ बर्ष लामो संघर्ष आज सम्म समेत संघर्षमै सिमित रहेको आन्दोलन भने यस वर्ष निर्णायक हुन्छ वा हुदैन भन्नेबारे अनविज्ञ रहेका आरक्ष पिडितहरु महेन्द्रनगरमा आमरण अनसन पश्चात कृष्णपुर बंक पुगि राजमार्गमा अनशन बस्न बाध्य भएका छन ।
“साउन २२ गते कञ्चनपुरबाट जारी भएको आमरण अनशन कार्यक्रम हाल सम्म पनि जारी रहदा समेत सम्बन्धित निकायबाट वार्ता लगायतका बिषयमा कुनैपनि आधिकारिक जानकारी आफुहरुलाई नआएको भोलीबाट समेत आन्दोलनका कार्यक्रमहरु जारी रहने तथा संघर्षका कार्यक्रमहरु थप गर्दै जाने बताउछन ।” आरक्ष पिडित समिति जिल्ला अध्यक्ष जय बहादुर रोकाया ।
