ब्रेकिङ न्युज

Default Placeholder

०४ भदौ २०८२

काठमाण्डौ:

नेपालले टप ईन्ड टी२० सिरिजको खेलमा मेलबर्न एकेडमीलाई ३३ रनले हराएको छ । नेपाली राष्ट्रिय टोली सिरिजमा लगातार शुरुको ३ म्याच हारेपछि चौथो म्याचमा दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा बस्नु परेको थियो अर्थात उनले टिमलाई चाहिए अनुसारको खेल देखाउन नसक्दा उनी बेन्च सम्म पुगेका थिए । आजको म्याचमा भने नियमित कप्तान रोहित पौडेललाई आराम दिदै टिमका नियमित तर्फ उपकप्तान समेत रहेका दिपेन्द्रलाई कप्तानी दिइएको थियो ।

पहिले ब्याटिङमा उत्रेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन मात्र जोडन सकेको थियो । नेपालका दिपेन्द्रले २८ बलको खेल्दै २७ रन बनाउदै टिमलाई सम्हाले भने कुशल मल्लले २२ बलमा २९ रन , लोकेश बमले १६ बलमा २४ रनको योगदानमा नेपाली स्कोर २० ओभरमा १३९ सम्म पुगेको थियो । यो सिरिज भरि लयमा रहेको मेलबर्न एकेडमी सामु १४० को लक्ष्य सामान्य भएपनि उसको लागि दिपेन्द्रको कप्तानी सबै भन्दा भारी थियो । खेल अवधिभरिनै खेलमा कमेन्ट्री गरिरहेका कमेन्टेटरले समेत सामान्य लक्ष्यलाई नै दिपेन्द्रले बलिङ र फिल्डीङ चलाउदा विपक्षिलाई गार्हो परेको बताएका थिए ।

 मेलबर्नलाई अलआउट गर्न सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ , कुशल भुर्तेलले २ तथा साहब आलम र रुपेश सिंहले १/१ विकेट लिदा मेलबर्न एकेडमी अन्तिम बलमा अलआउट हुदै १०६ सम्म मात्र पुग्न सक्यो, नेपाल सिरिजको आफ्नो पाचौँ खेल ३३ रनले विजयी भएको छ ।

दिपेन्द्रको कप्तानीले विगतमा समेत उमेर समुहमा भारत जस्ता प्रतिद्धन्दीहरुलाई समेत नेपालले हराएको थियो भने घरेलु सिरिजमा समेत दिपेन्द्रको कप्तानीमा नेपाल पुलिस क्लब तथा सुदुरपश्चिम रोयल्स बलियो टोली मानिन्छन  । उनको कप्तानीका गुणहरु नेपाली क्रिकेट काउन्सिलले देख्दा देख्दैपनि उनलाई कप्तान बनाउन भने सकेको छैन । दिपेन्द्र क्षमता भएका खेलाडी तथा टिमलाई अझै उचाईमा पुगाउन सक्ने कप्तान भएतापनि उनलाई क्रिकेट एसोसिएसन अफ नेपालले राष्ट्रिय टोलीको कप्तान भने बनाउन सकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: