ब्रेकिङ न्युज

Default Placeholder

 २५ साउन, २०८२

महेन्द्रनगर :

कञ्चनपुर जिल्लाका आरक्ष पिडित परिवारहरुले महेन्द्रनगर बजारको मदनचोकमा साउन २२ गतेदेखि आमरण अनसन शुरु गरेका छन । वर्षायामको अविरल वर्षा, हावाहुरी तथा मौसमी तनाव भन्दा ठुलो पिडा आफुहरुको जग्गा आरक्षमा गाभेर सट्टा जग्गा नपाउनु भए पश्चात सबैकुरालाई बेवास्ता गर्दै आरक्ष पिडित जिल्ला संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकाया तथा उनी संगै आरक्ष पिडित रण बहादुर सिंह आमरण अनसनमा बसेका छन ।

  • वि.. २०५८ सालमा निकुञ्ज विस्तारको क्रममा विस्थापित ।
  • हाल सम्म २ दर्जन भन्दा बढी समस्या समाधान समितिहरु बनिसकेका ।
  • हाल समेत आयोग गठन गरि समस्या समाधान गर्ने आश्वासन ।
  • जम्मा २४७३ परिवार आरक्ष पिडित रहेको

वि. स. २०५८ सालमा तत्कालिन आरक्षलाई विस्तार गर्नुपर्ने देखिए पश्चात तत्कालिन सरकारले सो क्षेत्र खाली गराएको थियो । आफ्नो जिविकोपार्जन गरिरहेको जग्गा आरक्षमा गाभिदा पिडितहरुले आफुले सो बराबरको जग्गा पाउनुपर्ने माग समेत अगाडि सारे , सरकार पक्षबाट आरक्ष पिडित कति परिवार छन भन्ने बिषयमा चासो राख्दै वास्तविक आरक्ष पिडितको संख्या खोजी समेत गरिएको आरक्ष पिडीतहरुको भनाई रहेको छ ।

आरक्ष पिडितको समस्या समाधानको लागि सरकार पक्षबाट पटक-पटक गरि २ दर्जन भन्दा बढि समिति तथा आयोगहरु गठन भए पनि त्यसको फल भने केहिपनि ननिस्केको आरक्ष पिडितहरुको बुझाई रहन गयो । वि स २०५८ सालमा नेपालमा राजतन्त्रनै थियो, देशमा व्यवस्था परिवर्तन भयो जनताबाट चुनिएका प्रतिनिधि अझ सोझो अर्थमा भन्ने हो भने जनताका छोरा-छोरी सरकार चलाउने निकायमा पुग्ने व्यवस्था लागु भयो । कञ्चनपुरबाट समेत पटक पटक गरि संविधान तथा कानुन बनाउने ठाउँमा प्रतिनिधि नपुगेका भने होईनन तर आरक्ष पिडितहरु निर्वाचनको समयमा समस्या समाधानको लागि आफुहरुले माथिल्लो निकायमा आवाज उठाउने आश्वासन बाहेकको प्रतिफल भने नपाएको बताउछन ।

२४ वर्ष पुरा हुदै गर्दा राज्यमा जति सुकै सरकार फेरिएपनि जोसुकै सत्तामा आएपनि आरक्ष पिडित २४७३ परिवारहरु आज सम्म समेत पिडितै छन जसको लागि आरक्ष पिडित समितिनै बनाई एकजुट भएका आरक्ष पिडित हाल समेत  महेन्द्रनगरको मदनचोकमा आमरण अनसन शुरु गरेका छन भने आरक्ष पिडित केन्द्रिय समिति अध्यक्ष प्रेम दत्त भट्ट काठमाण्डौ पुगि आफुहरुको समस्या समाधानको लागि पहल गरिरहेका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: