ब्रेकिङ न्युज

Default Placeholder

२० जेठ २०८२

महेन्द्रनगरः

नेपालले डिभिजन टु लिगको खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको छ । हिजो भएको खेलमा पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले नेपाललाई जितको लागि २९७ रनको लक्ष्य दिएको थियो । करन के सि को अलराउण्ड खेलबाट नेपालको जित सफल भएको हो । एक अवस्थामा लगभग हार सम्म पुग्न लागेको खेललाई नेपालको पक्षमा फर्काउन करन र गुलसनले चमत्कारिक ब्याटिङ गरेका थिए ।

घरेलु टोलीलाई २९७ रनमा रोक्न नेपालका  करन के सी ले १० ओभरमा १ मेडनराख्दै २ विकेट लिए उनलाई रिजन ढकाल २,  सोमपाल कामी २ र सन्दिप लामिछाने १ विकेट लिएर साथ दिएका थिए ।

२९७ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गरेको थियो नेपालका लागी ओपनर कुशल भुर्तेलले ५३ रन बनाए भने उनले ओपनिङ विकेटका लागि ७२ रनको साझेदारि समेत गरे । दुई ओपनर आउट भइसकेपश्चात कप्तान रोहित र भिमले पारी लाई समाले पनि उनिहरुको संघर्ष धेरैबेर टिकेन त्यसपछी लगातार विकेटहरुको पतनले नेपाल जितबाट टाढा जादै गरेको थियो ।

नेपालका लागि अलराउण्डर करन के सि र गुल्सन झा ले आक्रामक तरिकाले जित सम्म लगेका थिए । गुल्सन झा सुरुवाति आक्रमणमा निस्किए पश्चात नेपालका लागि जितको आधार समेत बनेको थियो । उनी नेपालको कुल स्कोर २५२।८ हुदा ३० बलमा ४२ रन बनाउदै आठौ विकेटको रुपमा ४५.४ ओभरमा आउट भए त्यस पछिको जितको पुर्ण जिम्मा द करन अलराउण्डर के सी को रह्यो उनले ४१ बलमा ४ छक्का ३ चौकाको सहायताले अजिवित ६५ रन बनाउदा नेपालले १ विकेट १ बल अगाडी खेल जितेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: