१० चैत्र २०८१
भारतिय प्रीमियर लिग (IPL) को १८ औ सिजन शनिबार साझबाट शुरु भएको छ । करिब दुई महिना चल्ने यस लिगमा दुनियाभरका कतिपय देशका खेलाडीहरु भाग लिने गरेका भएतापनी यस सिजनको अक्सनमा नेपाली खेलाडीहरुले नाम दर्ता नै गराएका थिएनन । यसको अर्थ नेपालमा लिग लायकका खेलाडी नभएका भने होइनन , नेपालका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने पहिले नै आइपिएलमा आफ्नो जादु देखाइसकेको नाम हो । विश्वकै न २ अलराउण्डर दिपेन्द्रले २० ओभरको खेलमा कतिपय रेकर्डहरु आफ्नो नाम गरिसकेका छन । यसवर्ष नेपाली खेलाडीहरु राष्ट्रिय टीमको खेल तालिकामा व्यस्त भएका कारण आफुहरुले आइपिएलमा नाम दर्ता नगराएको बताएका थिए ।
१८ अप्रील २००८ मा पहिलो सिजन शुरु भएको IPL लाई भारतमा विषेश पर्वको रुपमा समेत लिने गरिन्छ । भारत अहिले क्रीकेट जगतमा विश्वकै सबैभन्दा बढी क्रेज भएको देश समेत मानिन्छ । आइपिएलको ५/५ पटक विजेता भएका दुई टोली मुम्बई इन्डियन्स र चेन्नइ सुपरकिङ्ग्स यो सिजनको ट्रफी जित्दै सबैभन्दा बढी पटक ट्रफी जित्ने सुचीमा आफुलाइ अग्र पङतीमा राख्न चाहन्छ भने अभिनेता समेत रहेका शाहरुख खानको टीम कोलकता चौथो पटक ट्रफी जित्दै आफुलाइ मुम्बई र चेन्नइको नजिक पुर्‍याउन चाहन्छ ।

आबद्द फ्रेन्चाइजीहरु सबै एक भन्दा एक छन , विश्व क्रीकेटका प्रतिभावान खेलाडीहरु विभिन्न टीममा गरि खेलिरहेका छन । सम्पन्न उदघाटन खेलमा यस अगाडिको सिजनको बिजेता कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरबिच प्रतिस्पर्धा भएको छ ।
कोलकाताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १७४ रन बनाएको थियो भने कोलकाताको लागी कप्तान आजिक्य रहाणेले ५६(३१) अर्धशतकिय पारी खेलेका थिए ।
जवाफी ब्याटिङमा उत्रेको बेङ्लोरले १६.२ ओभरमा खेल आफ्नो पक्षमा पारेको थियो , उसका लागी स्टार ब्याटर बिराट कोहली र फिल साल्टले अर्धसतकिय पारी खेलेका थिए ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

भारतका विभिन्न प्रदेशका नामबाट राखिएका १० टीमहरु रहेको उक्त प्रतियोगिता करिब दुई महिना सम्म चल्ने छ । प्रतियोगितामा हुने आजको खेलहरुमा पहिलो खेल राजिस्थान र हैदराबाद बिच रहेको छ भने दोस्रो खेल चेन्नइ र मुम्बई बिच हुने तालिका रहेको छ ।