कंचनपुर 

१२ असोज २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

निङ्गलाशैनी जगन्नाथ समितीले यहि असोज २८ गते देखि १४ दिनको लागी रामलिला शुरु गर्ने भएको छ । भिमदत्त नगरपालिका १८ स्थित श्री निङ्ग्लाशैनी भगवती मन्दिरमा रामलिला शुरु हुन लागेको हो । 

आयोजक निङ्गलाशैनी जगन्नाथ समितीले रामलिलाको तयारी तथा व्यवस्थापन सोचे अनुरुप सम्पन्न होस भनी आज एक पत्रकार सम्मेलन गर्दै आफुहरुले निरन्जन भट्टको संयोजकत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरेको बताएका छन । कमिटीमा सह संयोजकमा कृष्ण देव पन्त , भानदेव भट्ट, महेश चन्द, लक्ष्मी चन्द , डम्बर दत्त भट्ट , भुवन चन्द रहेका छन भने कोषाध्यक्ष लोक बहादुर चन्द, सदस्य सचिवमा पदम बहादुर चन्द , सरक्षक  करविर सिंह भण्डारी , सल्लाहकारमा गणेश बहादुर चन्द , टिकाराम भट्ट , घनानन्द लेखक, गजेन्द्र बहादुर चन्द, प्रेम सिंह भाट, निलम लेखक जोशी , पदम राज अवस्थी , भुवनराज भट्ट , सुशील प्रसाद भट्ट , रबिन्द्र देवकोट, देवकी जोशी , तेज बहादुर चन्द, लोक बहादुर ठकुराठि, पशुपति भट्ट लाई जिम्मेवारीमा राखिएको छ । 

समाजमा धार्मिक तथा परम्परागत पहिचान जग्रेना गर्नुका साथै समाजमा भाइचारा सधै रहिरहोस भन्ने अभिभारा सदैव सबैमा रहिरहोस भन्ने विचार सबैमा बनाइराख्नको लागी आफुहरुले रामलिलाको आयोजना गर्न लागेको बताउछन समितिका पदाधिकारीहरु  साथै रामलिला आयोजनाबाट संकलित भएको रकमबाट  अक्षयकोष स्थापना गरि त्यस कोषबाट आध्यात्मिक सास्कृतिक क्षेत्रको जगेर्ना गर्ने समेत आयोजक समितिको निर्णय रहेको छ ।