काठमाण्डौ 

२१ भदौ २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

 आज भन्दा ८ वर्ष अगाडि कमाउने उमेरमा घरको एकमात्र साहारा भएका बैतडी पाटन घर भइ कंचनपुरमा बसोबास गर्दै आएका तारा दत्त भट्टको खुशी धेरै दिन टिक्न पाएन । घरमा एक्ली आमा , बुढा बाजे र बिहे गरि एक महिना मात्रै भएकी श्रीमती छोडेर मुगु जिल्लामा सप्रोस नेपाल (NGO) मा काम गर्न फर्किएका तारा हिमपातको कहरमा परे , त्यो साझ कसैले नपत्याउने घटनाको सिकार भएका ताराको मेरुदण्ड नै भाचिन पुग्यो । 

उपचारमा उनले आफ्नो कंचनपुरमा रहेको जग्गा समेत गुमाए तर कुनै तहको सरकारको उनी माथी आँखा परेन । विभिन्न व्यक्ती तथा सस्थाहरुको सहयोगमा उनी निको हुनेमा विश्वस्त भइ उपचार गराइराखे । हाल काठमाण्डौमा आफ्नो उपचार गराइराखेका तारालाई उनको कर्म जिल्ला मुगुबाट साथीहरुले सहयोग बाफत केही रकम पठाए , त्यो रकम पाउँदा सहयोगको आशा मारिसकेका ताराको निको हुने आशा समेत पलाएको ताराले बताउछन । 

उनलाई मुगु सदरमुकाममा काम गर्दै गरेका साथीहरु नरेन्द्र रावल ,ऐन बहादुर सावत, अनील कठायत, कल्पना आचार्य, धनलक्ष्मी मल्ल,धनकला डि सी,उग्रेन छिरिङ तामाङ्ग,भिम बहादुर खडका,डबल कुमाई,जयसुर शाही,रविन्द्र रावल,सृजना कार्की रावल,ललिता कुमारी सिंह,ललित बहादुर बुढा,गणेश बोहोरा,सुसान्त बोगटी र प्रेम कामीले गरी २१ हजार ८ सय ३७ रुपैया सहयोग पठाएका छन । उनीहरुले तारालाइ उनको इसेवा 984-8545396 मार्फत सहयोग गरेका हुन । 

आफुलाइ चिन्ने र आफ्नो अवस्थाबारे सुनेका साथीहरुले मेरो लागी गरेको यो सहयोगको लागी साथी नरेन्द्र रावल लगायत सबैमा आभारी छु भन्दै ताराले आफू निको भइसकेपश्चात सेवा र सहयोगको बाटोमा आफू जस्तै आर्थिक अभावमा उपचार नपाइरहेका को लागी सक्दो सहयोगमा जुटने बताउछन काठमाण्डौमा उपचारमा रहेका तारा दत्त भट्ट ।