कंचनपुर जिल्लाको कृष्णपुर न.पा. ०६, गौरीदेवी टोल बस्ने तारादत्त भट्ट आफ्नो परिवारको हेरविचार गर्ने एकमात्र सदस्य थिए मेरुदण्डमा चोट पश्चात् ७ वर्ष देखि उपचार गराइरहेका तारा दत्त भट्टले उपचारको क्रममा घर जग्गा समेत सकाउदा पनि उपचार अझै बाकी हुदा निको हुने आशा कम हुँदै गएको तर आशा नसकिएको बताउछन ।

वुवाको अनुहार पनि राम्रो सङ्ग चिन्न नपाएका ताराको पालन पोषण उनकी आमाले एक्लै गरेकी थिइन ।
परिवारको आशा भरोशाको केन्द्र र गाउँकै सबैको प्यारो तारा स्नातक गर्दा गर्दै चरम आर्थिक अभावको कारण NGO मा सामाजिक परिचालकको रुपमा काम गर्न शुरु गरे ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आमाले दुख गरि पालन पोषण गरेको र बुवा नहुदाको बाल्यकालबाट गुज्रिएको ताराले दु:ख का दिनहरु बारे राम्रो सङ्ग भोगेका हुदा उनी सबै सङ्ग मीठो स्वभाव तथा हसिलो नरम बोलीमा प्रस्तुत हुने गर्दथे ।

उनको परिवारप्रतिको जिम्मेवारी बढदै गर्दा दु:खका दिनहरुले भने अचानक बज्रपात झै गरि उनी माथी खनिए । वि.स. २०७२ सालमा माघ ०५ गते देशको हिमाली जिल्ला मुगुमा अविरल हिमपात भइरहेका बेला सदरमुकाम गमगडी बजारको न्युरोड स्थित होटलमा खाना खाइसकेपछी कोठामा सुत्न जादा सिढीबाट चिप्लिएका तारा आज सम्म समेत आफ्नो खुट्टामा बिना साहारा उभिन सक्दैनन ।
उक्त घटनामा मेरुदण्डमा गम्भीर चोट लागेका तारालाइ कति दिन पछि होस आयो उनलाई नै थाहा छैन । मेरुदण्डमा पक्षघात भएका ताराको मात्रै चोट लागेको थिएन , एउटा परिवारको जिउने आधार नै विग्रीएको थियो । उनको त्यो घटना घटदा उनले बिहे गरेको पनि जम्मा जम्मी एक महिना मात्रै भएको थियो ।

(तपाईंको साथ समर्थनको लागी तारादत्त भट्ट हाल काठमाडौंमा “स्पार्क हेल्थ होम अस्पतालमा” उपचार गराइरहेका र निजको सम्पर्क नम्बर 984-8545396 रहेको छ । )

उपचारको लागी नेपाल तथा भारतका विभिन्न ठाउँमा पुगेका ताराले उपचारकै लागी भनेर कृष्णपुर न पा ०६ मा भएको पुर्ख्यौली खेत बेच्न बाध्य भए । ७ वर्ष लामो उपचारमा सबै सम्पति सकाएका ताराले अझैपनि हार खाएका छैनन उनले आफू ठिक हुने कुरामा विश्वास रहेको बताउछन ।
तारा सङ्गको फोन सम्पर्क मार्फत कुराकानीमा ताराले भन्छन , ” मैले आफुले सके सम्म सबैलाई सक्दो राम्रै गरेको थिए , सहयोग गर्नमा कहि कतै मौका पाए पनि पछाडी हटेन तर दैवको लिला आज आफै सहयोगको लागी भौतारिनु परेको छ “

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

प्रत्येक महिना ६०/७० हजार रुपैया अस्पतालमा खर्च गरि आजभोली कालीमाटी स्थित “स्पार्क हेल्थ होम अस्पतालमा” उपचार गराइरहेका तारालाइ सोही अस्पतालका स्टाफहरु ले आ आफ्नो तलबबाट सहयोग गरि उपचारार्थ रकम जुटाएका थिए ।
७ वर्ष वित्दै गर्दा स्थानिय तहमा नै २ वटा सरकार परिवर्तन भए तर कुनै जनप्रतिनिधिले सहयोगको नाममा मीठो बोलेको पनि देखिएन ।