कञ्चनपुर:  कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित खप्टिखैरानी सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतीय नागरिकसहित करिब ३ लाख ६९ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।

२०८३ साल कात्तिक ११ गते बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय त्रिनगर, कैलालीबाट खटिएको टोलीले अवैध बाटो प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सशस्त्र प्रहरीले भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर खीरी जिल्लाको खजुरिया ग्राम पञ्चायतका अन्दाजी ३६ वर्षीय जितेन्द्र गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट एक थान नेपाली मोटरसाइकल, बेवारिसे अवस्थामा रहेको एक थान भारतीय मोटरसाइकल तथा हार्डवेयरका सामान बरामद गरेको छ। नियन्त्रणमा लिइएका सामानको कुल मूल्य ३ लाख ६९ हजार १४७ रुपैयाँ रहेको जनाइएको छ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका भारतीय नागरिकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।