कञ्चनपुर – दशैँ–तिहारको बिदामा घुमफिर गर्न चाहने पर्यटकलाई लक्षित गर्दै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ। वर्षाका कारण निकुञ्जका सबै आन्तरिक मार्ग सञ्चालनमा आउन नसके पनि पर्यटकको सुविधाका लागि मुख्य सफारी मार्ग खुला गरिएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मङ्गलबारदेखि पर्यटकका लागि जङ्गल सफारी सञ्चालनमा ल्याइएको छ। हाल मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुग्ने र त्यहाँबाट बर्कौलाहुँदै पुनः मझगाउँ फर्किने मार्ग सफारीका लागि खुला गरिएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

खुला गरिएको मार्गबाट पर्यटकले निकुञ्जको विशाल घाँसे मैदानको अवलोकन गर्नुका साथै त्यहाँ पाइने वन्यजन्तु नजिकबाट नियाल्न सक्नेछन्। वर्षा रोकिएमा एक साताभित्र निकुञ्जका अन्य आन्तरिक मार्गसमेत सञ्चालनमा ल्याउने तयारी रहेको सूचना अधिकारी वाग्लेले जानकारी दिए।

यसैबीच, निकुञ्जले शुक्लाफाँटाको घाँसे मैदानमा घाँस व्यवस्थापनको कामसमेत गरिरहेको छ। निकुञ्जका अनुसार करिब २० हेक्टर क्षेत्रमा घाँस व्यवस्थापनको कार्य भइरहेको छ। घाँसे मैदानको संरक्षण र व्यवस्थापनले वन्यजन्तुको बासस्थान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रसिद्ध छ। यहाँको विशाल घाँसे मैदानमा हजारौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। निकुञ्जमा करिब २ हजार ३ सय बाह्रसिङ्गा र ५० वटा पाटेबाघ रहेको जनाइएको छ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको विविधताले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला भएसँगै दसैँ–तिहारको समयमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com