कञ्चनपुर – कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका जुत्ता तथा आयुर्वेदिक औषधिसहित रु. १३ लाख ८३ हजार ६ सय बराबरको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा जिन्स/लेडिज जुत्ता र से.१.च ३१९ नम्बरको महेन्द्र पिकअप जिप बरामद गरेको हो। उक्त सामान तथा सवारीसहितको मूल्य रु. १३ लाख ३ हजार ६ सय बराबर रहेको प्रहरीले जनाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न किसिमका आयुर्वेदिक औषधि समेत बरामद गरेको छ। बरामद औषधिको मूल्य रु. ८० हजार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेका दुवै सामग्रीको जम्मा मूल्य रु. १३ लाख ८३ हजार ६ सय रहेको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।