कञ्चनपुर,१६ भाद्र २०८३ – कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।

​विद्यालयले राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगर शाखामार्फत मिति २०८३ भाद्र १६ गते सो रकमको चेक कोषका नाममा जम्मा गरेको हो। ​संकलित उक्त सहयोग रकम विद्यालयका विभिन्न पक्षहरूबाट जम्मा भएको विद्यालयले जनाएको छ। विद्यालय संचालक समितिका अनुसार शिक्षक, कर्मचारी, सञ्चालक समिति, विद्यार्थी तथा विद्यालयको संयुक्त योगदानबाट जुटाइएको हो।

​​शिक्षक, कर्मचारी तथा सञ्चालक समितिबाट रु. १ लाख ५७ हजार २ सय  रुपैया, ​विद्यालयको तर्फबाट रु. १ लाख ७ हजार ४ सय ५० रुपैया, ​विद्यार्थीहरूबाट संकलित  रु. ६१ हजार ३ सय ५० रुपैया तथा ​यस बर्षको तीज कार्यक्रमको बजेटबाट रु. २५ हजार गरि ​जम्मा  रु. ३ लाख ५१ हजार रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको बताईएको छ। 

​विपदको यस परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीज पर्वको खर्च कटौती गरी विद्यार्थी, शिक्षक र विद्यालय परिवार सबै मिलेर उक्त सहयोग संकलन गरिएको विद्यालय संचालक समितिले जनाएको छ।