कञ्चनपुर,१६ भाद्र २०८३ – कञ्चनपुरको महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ५१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालयले राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगर शाखामार्फत मिति २०८३ भाद्र १६ गते सो रकमको चेक कोषका नाममा जम्मा गरेको हो। संकलित उक्त सहयोग रकम विद्यालयका विभिन्न पक्षहरूबाट जम्मा भएको विद्यालयले जनाएको छ। विद्यालय संचालक समितिका अनुसार शिक्षक, कर्मचारी, सञ्चालक समिति, विद्यार्थी तथा विद्यालयको संयुक्त योगदानबाट जुटाइएको हो।
शिक्षक, कर्मचारी तथा सञ्चालक समितिबाट रु. १ लाख ५७ हजार २ सय रुपैया, विद्यालयको तर्फबाट रु. १ लाख ७ हजार ४ सय ५० रुपैया, विद्यार्थीहरूबाट संकलित रु. ६१ हजार ३ सय ५० रुपैया तथा यस बर्षको तीज कार्यक्रमको बजेटबाट रु. २५ हजार गरि जम्मा रु. ३ लाख ५१ हजार रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको बताईएको छ।
विपदको यस परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीज पर्वको खर्च कटौती गरी विद्यार्थी, शिक्षक र विद्यालय परिवार सबै मिलेर उक्त सहयोग संकलन गरिएको विद्यालय संचालक समितिले जनाएको छ।


प्रतिक्रिया