कञ्चनपुर, ११ भदौ २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति देशभर दुःख व्यक्त भइरहेका बेला विभिन्न क्षेत्रका व्यक्ति तथा समाजसेवीहरूले बाढीपीडितका लागि सहयोग जारी राखेका छन्।

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर सहयोग गर्न नसके पनि कञ्चनपुरका समाजसेवी तथा लिटिल बुद्ध एकेडेमीका प्रधानाध्यापक श्याम सिंह मौनीले बाढीपीडितका लागि व्यक्तिगत रुपमा  एक लाख रुपैयाँ राहत सहयोग गरेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सुदूरपश्चिम प्रदेशमा प्रधानाध्यापक भन्दा पनि समाजसेवीका रूपमा परिचित मौनीले विपद्को दुःखद् घडीमा पीडित परिवारलाई आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको बताएका छन्।

बुधबार रसुवाको भोटेकोसी नदीमा अचानक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीबाट प्रभावित परिवारको पीडा कम गर्न आफूले गरेको सहयोग सानो भए पनि मानवीय दायित्व सम्झेर सहयोग गरेको मौनीले बताए।

उनले विपद्को समयमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडितको उद्धार तथा राहतमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।