कञ्चनपुर, २७ साउन २०८३- उद्योग वाणिज्य संघ, कञ्चनपुरले उद्योग भ्रमण पश्चात् पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। पछिल्लो समय उद्योग क्षेत्रमा सुधारको खाचो रहेको हुदा भारतका विभिन्न शहरहरुका उद्योग क्षेत्रमा भएको प्रगतीबाट महेन्द्रनगर लगायत कंचनपुर उद्योग क्षेत्रमा समेत उद्योग क्षेत्रको बिकासमा सहयोग पुग्ने उदेश्यले वाणिज्य संघले भारत पर्यटकिय क्षेत्र गोवा भ्रमण गरेको भ्रमण टोलीका सदस्य तथा उद्योग वाणिज्य संघ, कञ्चनपुरका अध्यक्ष दिनेश मल्लले जानकारी गराएका छन। 

उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकारहरुको प्रतिप्रश्नमा बोल्दै अध्यक्ष मल्लले आफुहरु महेन्द्रनगर मात्र नभई समग्र कंचनपुरको उद्योग व्यवसाय फस्टाओस भन्ने आशाका साथ विभिन्न अभ्यासमा लागेको र त्यस अन्तरगत विगतमा व्यवसायीहरुको लागि बिमा, नेपाल प्रहरीलाई विभिन्न आवश्यक सामाग्री हस्तान्तरण लगायतका कार्यहरु सम्पन्न भईसकेको तथा आगामी दिनहरुमा शान्ती- सुरक्षा बाधक नभएमा राती १० बजे पश्चात् समेत महेन्द्रनगर बजारको व्यवसाय संचालनको निमित्त आफुहरुले जिल्ला प्रशासन तथा सुरक्षा निकायहरु सहितको छलफल आयोजना गर्ने बताएका थिए। 

भारतको चर्चित पर्यटन क्षेत्रको रुपमा चिनिदै आएको गोवा भ्रमणमा उद्योग वाणिज्य संघ , कंचनपुरका १५ जनाको टोली ५ दिने भ्रमण पश्चात् केही दिन अगाडि स्वदेश फर्केको थियो। भ्रमण टोलीका सदस्य तथा उद्योग वाणिज्य संघ कन्चनपुरका सदस्य समेत रहेका जगदिशचन्द्र भट्टका अनुसार आफुहरुले संस्कारलाई कसरी पर्यटन तथा उद्योगसंग जोडने भन्ने कुरामा यो भ्रमण निकैनै फलदायी भएको तथा त्यहाँ सिकेका तथा देखेका गतिविधीहरु आफुहरुले यस क्षेत्रको उद्योगमा अवलम्बन गर्न पाएमा पक्कैपनि यस क्षेत्रमा रहेको उद्योग क्षेत्रले फडको मार्नेमा आफुहरु ढुक्क रहेको बताउदै यस्तो सिकाईमुलक भ्रमण आयोजना गर्नु हुने वाणिज्य संघका अध्यक्ष मल्ललाई धन्यवाद समेत व्यक्त गरेका थिए। 

उद्योग वाणिज्य संघ कंचनपुरमा दिनेश मल्लको अध्यक्षतामा बनेको नयाँ कार्यसमिती पश्चात  उद्योगीहरुकै पहलमा महिनामा दुई दिन बजार बन्द गरि सरसफाइ कार्यक्रम तथा उद्योग सदस्यहरुलाई बिमा कार्यक्रम लगायतका सुधारमुलक कार्य अगाडि बढाइएका छन।