कञ्चनपुर, २६ साउन २०८३ – कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाबाट प्रहरीले बिना इजाजत बिरामीको उपचार तथा औषधि बिक्री–वितरण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका–९ खैराडी टोलमा बिना इजाजत बिरामीको उपचार गर्ने तथा औषधि बिक्री–वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

मंगलबार (आज) दिउँसो करिब २ः४० बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका–९ खैराडी टोलमा बस्ने ४० वर्षीय गीता सेठीको घरमा रीतपूर्वक खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले विभिन्न किसिमका औषधिहरू तथा उपचारमा प्रयोग हुने उपकरण सहितका सामग्री फेला पारेको जनाएको छ। बरामद सामग्रीको अनुमानित मूल्य रु. १९ हजार ४ सय ८५ रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com