दिपिका बिष्ट

सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रिय क्याम्पस

महेन्द्रनगर, कञ्चनपुर 

सनातन धर्म र संस्कृतिमा श्रावण महिनालाई देवताका पनि देव, महादेव शिवको प्रिय महिना मानिन्छ। पौराणिक मान्यता अनुसार, समुन्द्र मन्थनका क्रममा निक्लिएको हलाहल विषलाई लोक-कल्याणका लागि भगवान शिवले आफ्नो कण्ठ (घाँटी) मा लिएका थिए। विषको डाहलाई शान्त पार्नका लागि देवताहरूले शिवलाई पवित्र जल अर्पण गरेका थिए। त्यसैले श्रावण महिनाभरि तथा विशेषगरी सोमबारका दिन शिवलाई जल चढाउने र व्रत बस्ने परम्परा रहिआएको छ।​ धार्मिक विश्वास अनुसार, श्रावण महिनामा देवी पार्वतीले कठोर तपस्या गरेर भगवान शिवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन्। त्यसैले विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सु:खको कामना गर्दै तथा अविवाहित युवतीहरू सुयोग्य वरको अभिलाषा राख्दै यो महिना सोमबारको निराहार वा फलाहार व्रत बस्ने गर्छन्। सोमबारका दिन नेपालमा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा लाग्ने बोलबम र दर्शनार्थीहरूको घुइँचोले यसको महिमालाई प्रष्ट पार्दछ।​

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपाली समाजमा श्रावण महिनाको आगमनसँगै एउटा छुट्टै उमङ्ग र रौनक छाउँछ। झरीको रिमझिम, प्रकृतिले फेरेको हरियो पछ्यौरी र नेपाली महिलाहरूको हातमा सजिने हरियो-पहेंलो चुरा अनि मेहेन्दीले श्रावण महिनालाई उत्सवमय बनाउँछ। श्रावण महिना केवल ऋतु परिवर्तनको सूचक मात्र होइन, यो नेपाली महिलाहरूको धार्मिक आस्था, सांस्कृतिक पहिचान र बदलिँदो फेसनको एउटा सुन्दर संगम पनि हो। यस महिनामा साउने सोमबारको व्रत र हरियो पहिरनको सम्बन्ध निकै गहिरो र अर्थपूर्ण मानिन्छ।​

धार्मिकसंगै आधुनिकता मिसिएको आजभोलीको प्रचलनमा भने दिनभरी व्रत बसेका महिला तथा कुमारीहरु पुजापाठ पश्चात कुनै एक स्थानमा जम्मा भई भन्जन किर्तनका साथ-साथै आधुनिक तथा बजारमा चल्तीमा रहेका गितहरुमा तृत्य गर्ने, सामाजिक संजालका लागि तृत्य सहितका भिडियोहरु बनाउने तथा साथीहरु बिच फोटो खिच्ने समेत गर्दछन। प्रायः गरि आजको दिन नारीहरु हरियो पहिरन, हरियो चुरा-पोते तथा मेहन्दीका साथै विभिन्न गहनाहरुले सजिने गर्दछन। 

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com