ब्रेकिङ न्युज

Default Placeholder

सुदुरपश्चिम प्रदेश, २५ असार – जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम विश्वविद्यालयको चोरी भएको गाडी बरामद गर्नुका साथै उक्त कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

​जेन्जी आन्दोलनको गलत फाइदा उठाई मिति २०८२ भदौ २५ गते दिउँसोको समयमा कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ५ स्थित बाटोबाट ४/५ जनाको समूहमा आएका व्यक्तिहरूले सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन कार्यालयको गाडी चोरी गरेका थिए। बा.२ झ. २८५९ नम्बरको उक्त सरकारी स्कार्पियो (Scorpio) गाडी खोजतलास गर्ने क्रममा प्रहरीले फेला पार्न सफल भएको हो।

​जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार विशेष खोज तलासका क्रममा मिति २०८३ असार ८ गते उक्त गाडी बरामद गरिएको हो। गाडी कैलालीकै घोडाघोडी नगरपालिका वडा नं. ०२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको ‘लिगासैनी स-मिल तथा फर्निचर उद्योग’ भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।

​चोरहरूले पहिचान लुकाउनका लागि उक्त गाडीको स्वरूप समेत परिवर्तन (Modification) गरिसकेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

​प्रहरीले गाडी चोरी कार्यमा संलग्न उद्योग सञ्चालक अर्जुन कार्कीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका कार्कीमाथि चोरी मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: