ब्रेकिङ न्युज

Default Placeholder

महेन्द्रनगर, असार २४ — कञ्चनपुर प्रहरीले भरुवा बन्दुक तथा लागूऔषध सहित मंगलबार राती करिब ९:०० बजे दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–१ पिपरियास्थित जोकराज रानाको घरमा छापा मारेको थियो।

गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा घरको कोठाभित्र लुकाइराखिएको एकनाल भरुवा बन्दुक (अनलोड), ०.७८ ग्राम खैरो हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान टच मोबाइल, २ थान डिजिटल तराजु र २ थान किप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा कृष्णपुर नगरपालिका–१ पिपरियाका जोकराज राना र उनकी श्रीमती जानकी रानालाई पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध तथा हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले लागूऔषध र अवैध हातहतियार नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: