कञ्चनपुर, २८ जेठ – राष्ट्रिय समाचार समिति तथा अन्नपूर्ण पोष्टका जिल्ला संवादाता महादेव अवस्थी सम्मानित हुनुभएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न कञ्चनपुर जिल्ला क्रिकेट संघको सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर वहादुर चन्द र जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले सम्मान गर्नुभएको हो ।

पश्चिमपाटी पत्रीकाका सम्पादक तथा जिल्ला क्रीकेट संघ, कञ्चनपुरका प्रेस सल्लाहकार समेत रहेका अवस्थीले क्रिकेट खेलको प्रचार प्रसार र खेलको लोकप्रियता अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै संघले दोसल्ला र सम्मान पत्र प्रदान गरेको हो । त्यसैगरी उक्त समारोहमा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउदलाई समेत सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com