काठमाडौं, बैशाख २९ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार देशभरबाट सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा एनजी (NG) आएको छ। यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५ दशमलव ९८ रहेको बोर्डले जनाएको छ।

नतिजाअनुसार GPA ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको छ। यस्तै GPA ३.२० देखि ३.६० सम्म प्राप्त गर्ने विद्यार्थी ८० हजार ३७२ जना रहेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

त्यसैगरी GPA २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थी संख्या ९४ हजार २२२ रहेको छ भने GPA २.४० देखि २.८० सम्म ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्। GPA २.०० देखि २.४० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ५ हजार १९० रहेको बोर्डले जनाएको छ।

यसैगरी GPA १.६० देखि २.०० भन्दा कम ल्याउने विद्यार्थी संख्या ७ रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको जनाएको छ।