फागुन २७, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर : महेन्द्रनगरस्थित कवर्ड हलमा फागुन २३ गतेदेखि सञ्चालन भएको पहिलो एल.बी.ए. भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रदेशस्तरीय विद्यालयस्तरको उक्त प्रतियोगितामा २० वटा विद्यालय सहभागी भएका थिए। करिब पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीहरूबीच विभिन्न चरणमा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न गरिएका थिए। सामाजिक उत्तरदायित्वअन्तर्गत लिटिल बुद्ध एकेडेमीले समय–समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।

विद्यालयस्तरमा सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई ७५ हजार नगद पुरस्कार तथा ट्रफी, दोस्रो हुने टोलीलाई ५० हजार नगद पुरस्कार र ट्रफी, तथा तेस्रो स्थान हासिल गर्ने टोलीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताका विभिन्न चरण पार गर्दै आयोजक लिटिल बुद्ध एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुल फाइनल खेलमा पुगेका थिए। निकै रोचक प्रतिस्पर्धामा सम्पन्न फाइनल खेलमा इन्टरनेशनल पब्लिक स्कुलले लगातार दुई सेट जितेको थियो। त्यसपछि लिटिल बुद्ध एकेडेमीले तेस्रो सेट आफ्नो पक्षमा पारे पनि चौथो सेटमा प्रतिस्पर्धात्मक हार बेहोर्दा इन्टरनेशनल पब्लिक स्कुल विजेता बन्दै ट्रफी उचाल्न सफल भयो।प्रतिस्पर्धात्मक खेलमा पराजित भएको लिटिल बुद्ध एकेडेमी दोस्रो स्थानमा सीमित रह्यो भने सरस्वती माध्यमिक विद्यालय तेस्रो स्थानमा रहन सफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले विजेता तथा प्रथम, दृतिय र तृतीय टोलीहरू इन्टरनेशनल पब्लिक स्कुल, लिटिल बुद्ध एकेडेमी र सरस्वती माध्यमिक विद्यालयका खेलाडीहरूलाई मेडल, नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले लिटिल बुद्ध एकेडेमीले पटक–पटक विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउने कार्य सराहनीय रहेको बताए।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

समापन कार्यक्रममा आयोजक लिटिल बुद्ध एकेडेमीका प्राध्यापक श्यामसिंह मौनीले भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यस खेलमार्फत खेलाडीहरूको भविष्य उज्जवल हुन सक्ने बताए। उनले हाल नेपालमा पनि भलिबल खेलबाट धेरै खेलाडीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उल्लेख गरे।