२४ फागुन, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै इतिहासकै उच्च सदस्य संख्या सहित सरकार गठन गर्ने सम्भावना देखिएको छ। हालसम्मको मतगणनाअनुसार रास्वपाले ११८ स्थानमा विजय हासिल गरिसकेको छ भने ७ स्थानमा अग्रता कायम राखेको छ।

प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दलका ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

हालसम्मको जित र अग्रताको अवस्थालाई हेर्दा रास्वपाले करिब १२५ निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने अनुमान गरिएको छ। यसअघि ठूलो दल रहेको नेपाली कांग्रेस भने यसपटक प्रत्यक्षतर्फ १७ निर्वाचन क्षेत्रमा मात्र विजयी हुँदै १७ सिटमा सीमित हुने अवस्थामा पुगेको छ। त्यस्तै नेकपा (एमाले) ले ७ स्थानमा विजय र ३ स्थानमा अग्रता कायम गर्दै १० सिटतर्फ उन्मुख देखिएको छ भने प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले ७ स्थानमा विजय र १ स्थानमा अग्रता कायम गर्दै ८ सिटमा सीमित हुने देखिएको छ।

प्रत्यक्षतर्फका अधिकांश स्थानमा मतगणना सम्पन्न भइसकेको भए पनि केही स्थानमा भने अझै मतगणना जारी रहेको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

नेपालको संविधानअनुसार सरकार गठनका लागि कुनै पनि दललाई बहुमत आवश्यक पर्छ। यदि कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दललाई सरकार गठनका लागि अवसर प्रदान गरिने व्यवस्था छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रमा जित वा अग्रता हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि हालसम्म करिब ५० प्रतिशत मत प्राप्त गरेको बताइएको छ।

निर्वाचनअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई पार्टीमा भित्र्याएपछि रास्वपाका लागि यस्तो नतिजा सम्भव भएको विश्लेषण गरिएको छ। पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच पाँच वर्षका लागि प्रधानमन्त्री पदमा शाहलाई अवसर दिने सहमति भएपछि बालेन रास्वपाको चुनावी अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए।