ब्रेकिङ न्युज

Default Placeholder

२३ फागुन, २०८२

कञ्चनपुर : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। यसैबीच कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ०२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व परराष्ट्र मन्त्री एन.पी. साउदलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ०२ मा जम्मा १,०९,५७४ मतदाता रहेका थिए। तीमध्ये ६५,३४७ जनाले मतदान गरेका थिए। प्राप्त मतपरिणाम अनुसार विजयी उम्मेदवार दीपक बोहराले ३३,९५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एन.पी. साउदले १०,८२७ मत प्राप्त गरेका छन्।

कुल खसेको मतमध्ये ४,२३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: