२२ फागुन, २०८२

कञ्चनपुर: फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको आज देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा मतगणना शुरु भईसकेको छ। कञ्चनपुर जिल्लाका ३ वटा निर्वाचन क्षेत्रहरुमा अहिले मतगणना कार्य संचालनमा रहेको छ। कञ्चनपुरको तिनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु बढी मत प्राप्त गर्ने अग्र स्थानमा रहेका छन भने क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिंह महतालाई नेकपा एमालेका उम्मेदवार दिपक प्रकाश भट्टले पछ्याईरहेका छन।त्यस्तै निर्वाचन क्षेत्र नं ०२ मा रास्वपाका उम्मेदवार दिपक बोहरालाई नेपाली काङ्ग्रेसका उम्मेदवार एन पि साउँदले पछ्याईरहेका छन भने क्षेत्र नम्बर ०१ मा समेत रास्वपा उम्मेदवार जनक धामीलाई नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले पछ्याईरहेका छन।
