१९ फागुन,२०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर: कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका-३ बल्मी घर भई पुनर्बास नगरपालिका-९ सीताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।

सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए।