१६ फागुन, २०८२

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार ज्ञानेंद्र सिंह महताले पत्रकार सम्मेलन मार्फत बाचा–पत्र सार्वजनिक गरेका छन।
बाचा–पत्रमा सुशासन र पारदर्शिता, जनउत्तरदायी प्रतिनिधित्व, शिक्षा र स्वास्थ्य सुधार, युवालाई रोजगारी तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। सडक, खानेपानी, सिँचाइ, विद्युत् तथा डिजिटल पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिइने प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार महताले जनताको विश्वासलाई सम्मान गर्दै क्षेत्रको समग्र विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।
