ब्रेकिङ न्युज

२६ मंसिर, २०८२ 

कंचनपुर :

टिकटकबाट आफ्नो छवि बनाउदै समाजका विभिन्न सेवामुलक कार्यमा समेत आफ्नो सहभागिता जनाइरहेका मोडल अन्स वर्माले नयाँ सोच र अवधारणा सहित स्कुल संचालन गर्ने भएका छन । कंचनपुरको भिमदत्त नगरपालिका-०८ तिलाचौरमा स्कुल स्थापनार्थ आज शिलान्यास कार्यक्रम पश्चात् पत्रकारहरु संग बोल्दै वर्माले आफू देशको विभिन्न स्थानहरु गएको समयमा बाल-बालिकाहरुले विद्यालय जान नपाएको देख्दा त्यस्ता विद्यार्थीहरुको लागि समेत सहयोग हुने गरि आफुहरुले विद्यालय संचालन गर्न प्रष्ट पारेका थिए । 

टिकटकबाट उदाएका अंशले ठूलो लगानीमा क्रीतिपुरमा चिया बगान, वर्मा नोटबुक तथा म्युजिक भिडियो लगायत थुप्रै क्षेत्रमा लगानी गर्नका साथै कंचनपुर तथा देशका विभिन्न जिल्लाहरुमा विपदमा परेकाहरुलाइ सहयोग गर्ने जस्ता सामाजिक कार्यमा समेत देखिने गरेका छन । 

हाल भिमदत्त नगरपालिका ०८, तिलाचौरमा संचालनको लागि शिलान्यास गरिएको ब्राइटस्टार पब्लिक एकेडेमी विद्यालय वर्मा संगैका उनका साथी नबिन भट्ट सहितको योजना र लगानीमा बन्दै गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: