ब्रेकिङ न्युज

Default Placeholder

 

३० भदौ २०८२ 

कंचनपुर : 

सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो नाकाको रुपमा रहेको गड्डाचौकी नाका नेपाल तर्फको आन्दोलनको कारण देखाउदै भारतिय पक्षबाट बन्द गरिएकोले नेपालमा स्थापित शान्ती, व्यवस्थालाई ध्यानमा राख्दै आइतबार साझ देखि आवत-जावत खुला गरिएको छ ।

 भदौ २३ गते देखी काठमाण्डौबाट शुरु भएको आन्दोलनको असर २४ गते मात्रै कंचनपुरको विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटनाहरु हुनुका साथै कंचनपुर कारागारमा रहेका कैदी बन्दीहरु समेत भागेका थिए । भदौ २५ गते बिहानबाट भारतिय पक्षले नेपालमा उत्पन्न भएको विषम परिस्थितीलाइ कारण देखाउदै नाकामा आवत जावत बन्द गरेको थियो ।  गड्डाचौकी नाकाबाट नेपाल-भारत आवतजात हुदा नेपाल लगायत  भारतिय बजार बनबसाको समेत व्यापारमा प्रत्यक्ष रुपमा असर पर्ने गरेको पाइन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: