२१ माघ,२०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

बैतडी: बैतडीमा भिरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द निर्वाचन सम्बन्धी तालिमका लागि दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा पुगेका थिए।

तालिम सकेर राति करिब ८:३० बजे घर फर्किने क्रममा खरकटे सल्लेरी भिरबाट लडेर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी करिब २००/२५० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि स्थानीय र प्रहरीले खोजी गरी उनको शव फेला पारेका हुन्। हाल उनको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।