ब्रेकिङ न्युज

Default Placeholder

माघ-१२, २०८२ 

कञ्चनपुर:     कञ्चनपुर क्षेत्र नम्बर ०१ मा ने. क. पा. एमालेका उम्मेदवार तारालामा तामाङ्गले आज बेलौरीमा पत्रकार सम्मेलनको आयोजना गरेका छन । तामाङ यसै क्षेत्रबाट निवर्तमान प्रतिनिधिसभा सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार समेत हुन । पत्रकार सम्मेलनमा आफ्ना एजेण्डा बारे बोल्दै तामाङले आफुले गैर-कानुनी काम र आर्थिक लाभ हुने कुनैपनी काम नगरेको तथा कंचनपुर क्षेत्र नम्बर ०१ लाई हेर्दा यस क्षेत्रका मतदाताहरुले मान्छे त राम्रो हो भनेर आफ्ना बारेमा भन्ने गरेको बुझिएको बताए। 

कञ्चनपुर १ का निवर्तमान साँसद तामाङ्ग फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य चुनावका लागि प्रतिस्पर्धामा छन् । यस अघि काँग्रेस माओवादी गठबन्धनलाई फराकिलो मत अन्तरले हराएका उनी यस पटक पनि जित हुनेमा विश्वस्त छन्। क्षेत्र नम्बर ०१ मा एमालेका तामाङ बाहेक नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बिना मगर तथा नेपाली काङ्ग्रेसका तर्फबाट क्षेत्रिय सभापती गोपि प्रसाद उपाध्याय लगायतका मुख्य सहित अन्य दलहरुको समेत उम्मेदवारी रहेको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: