पछिल्लो हप्ता कञचनपुरलाई फर्केर हेर्दा
माघ ०४ – १० गते सम्म
निड्स नेपालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
माघ-४, २०८२

महेन्द्रनगर: निड्स नेपालले महेन्द्रनगरको जिल्ला समन्वय कार्यालयको सभाहलमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेन-जी आन्दोलन र अन्य आन्तरिक कारणले सन २०२५ को सामाजिक परिक्षण कार्यक्रम यस समयसम्म सम्पन्न नपाएको कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताएका थिए ।
नेकपा कंचनपुर-०२ मा लालबहादुर चर्चामा टिकट माधवलाई
माघ-०५, २०८२
कञ्चनपुर: कञ्चनपुरको क्षेत्र नम्बर २ मा आइतबारसम्म नेपाली कम्युनिष्ट पार्टीं(नेकपा) बाट उम्मेदवार भनेर प्रचार गरिएका लाल बहादुर खड्को स्थान अर्को नेताले लिएका छन् । सुदूरपश्चिम सरकारका पूर्व मन्त्री खड्कालाई पार्टी केन्द्रीय कमिटीले कञ्चनपुर २ मा उम्मेदवार बनाउने निर्णय गरिएको समाचार तीन दिन अघि सार्वजनिक भएका थिए । अन्तिम समयमा नेकपा ले युवा उम्मेदवार नेता माधव पन्तलाई कंचनपुर क्षेत्र नम्बर ०३ बाट उम्मेदवार बनाएको हो ।
कंचनपुर क्षेत्र नम्बर ०३ मा १७ जनाको उम्मेदवारी दर्ता
माघ-०६,२०८२
महेन्द्रनगर : आगामी प्रतिनिधिसभाको निर्वाचन कंचनपुरको क्षेत्र नम्बर ०३ का लागि ०३ स्वतन्त्र सहित जम्मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर ०३ बाट बि.स. २०७९ सालको प्रतिनिधि समेत रहेका पुर्व गृहमन्त्री रमेश लेखकको स्थानमा यो पटक नेपाली काङ्ग्रेस कंचनपुर जिल्लाका पुर्व सभापती हरि बोहरालाइ उम्मेदवार बनाउने निर्णय अनुरुप काङ्ग्रेसको तर्फबाट कंचनपुर क्षेत्र नम्बर ०३ को उम्मेदवार हरि बोहरा भएका हुन ।
भिमदत्त नगरपालिकाको सातौ स्थापना दिवस सम्पन्न
माघ-०७, २०८२
महेन्द्रनगर : भिमदत्त नगरपालिकाले पालिकाको सभाहलमा एक कार्यक्रमका बिच सातौ स्थापना दिवस समारोह -२०८२ सम्पन्न गरेको छ । बि.स २००७ साल माघ ०७ गते स्थापना भएको भीमदत्त नगरपालिका तत्कालिन समय राजा महेन्द्रको नामबाट नगरपालिकाको नाम महेद्रनगर नगरपालिका नामाकरण गरिएको थियो । जनआन्दोलन २०६२/०६३ पश्चातको परिवर्तनले महेन्द्रनगर नगरपालिकाबाट शहिद भिमदत्त पन्तको योगदानलाई स्मरण गर्दै भिमदत्त नगरपालिका नामाकरण भएको हो । देशमा जम्मा ५८ वटा नगरपालिका भएको समय त्यस मध्येको एक नगरपालिकाको रुपमा स्थापित जेठो नगरपालिकाको रुपमा रहेको यो नगरपालिका समेत हो ।

कार्यक्रमलाई गमलामा पानी हाल्दै ब्यानर बाचन सहित भिमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीबाट उदघाटन भएको थियो । कार्यक्रममा स्थापना दिवसको अवसरमा नगरपालिकाले पालिका अन्त्रगतका विभिन्न विद्यालयका छात्र-छात्राहरुमा वक्तृत्वकला कार्यक्रम गराइ उक्त कार्यक्रममा प्रथम दृतिय तथा तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ पुरुस्कार वितरण गरेको थियो ।
महेन्द्रनगरमा रा.प्र.पा. को पत्रकार सम्मेलन, उम्मेदवारले चुनावी एजेण्डा सुनाए ।
माघ-७, २०८२

महेन्द्रनगर: राष्ट्रिय प्रजातन्त्र पार्टीका कंचनपुर क्षेत्र नम्बर ०२ र ०३ का उम्मेदवारहरुले माघ ०७ गते महेन्द्रनगरको होटेल ओपेरामा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा कंचनपुर क्षेत्र नम्बर ०३ का प्रत्यक्ष तर्फका उम्मेदवार पुर्ण बहादुर चन्दले आफू यस क्षेत्रबाट विजयी भएमा ६ महिना जनता संग बसेर जनताका गुनासोहरु, समस्याहरु सुन्ने र ६ महिना संसदमा त्यसको समाधानको खोज्ने बताएका थिए ।
कृष्णपुर नगरपालिकाद्वारा आरक्ष पिडितहरुलाइ एक लाख बराबरको राहत सामग्री वितरण
माघ – ८, २०८२

महेन्द्रनगर: डिभिजन वन कार्यालय, महेन्द्रनगर अगाडि अस्थायी बसोबास गरि आन्दोलनरत आरक्ष पिडितहरुलाइ कृष्णपुर नगरपालिकाले एक लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा, आरक्ष पिडितहरु तथा कन्चनपुर जिल्लाका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
एमालेले अध्यक्ष बुढालाई दियो चुनाव हाँक्ने जिम्मा
माघ-०८, २०८२
कञ्चनपुर: एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई मूल निर्वाचन परिचालन कमिटीको जिम्मा दिएको छ । एमाले जिल्ला सचिवालय बैठकले बिहीबार जिल्ला अध्यक्ष बुढाको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो ।बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ ।
उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान
माघ ०९, २०८२
कंचनपुर : आगामी प्रतिनिधीसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह रुजु गरेको छ ।दलहरुको निर्वाचन चिन्ह पुरानै चिन्ह छ वा छैन त्यस बाहेक स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह आधिकारिक रुपमा आज बाट प्राप्त गरेका छन ।
श्रम सस्कृती पार्टीले गर्यो पत्रकार सम्मेलन
माघ-१०,२०८२
महेन्द्रनगर: श्रम सस्कृती पार्टीका कंचनपुर क्षेत्र नम्बर ०३ का उम्मेदवार गंगा दत्त जोशीले पत्रकार सम्मेलनको आयोजना गरेका छन । कंचनपुरको क्षेत्र नम्बर ०३ मा तिनजना स्वतन्त्र उम्मेदवार सहित जम्मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुको प्रश्नको उत्तर दिदै जोशीले आफुले यस क्षेत्रको कृषि छाडाँ गाई गोरु व्यवस्थापन लगायत जिल्लामा समस्याहरु समाधान गर्ने गरि काम गर्ने बताएका छन ।
निर्वाचन नजिकिदै गर्दा कंचनपुरमा एमाले परित्याग गर्ने लहर शुरु
माघ-१०, २०८२
महेन्द्रनगर : संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुदुरपश्चिम प्रदेश सदस्य समेत रहेकी कलसा देवी महराले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेकी छिन । आफुलाइ गत भाद्र महिनामा भएको जेन-जी आन्दोलन पश्चात् नेकपा एमालेको नेतृत्वबाट आएको जवाफ चित्त नबुझी आफुले पार्टी परित्याग गरेको उनले सम्मेलन मार्फत बताएकी छिन ।

बि.स. २०४८ साल चैत्र १३ गतेदेखि आफू एमाले सदस्य रहेको तथा पार्टीका लागि हरेक किसिमले लागि परेको सदस्यको रुपमा आफू रहेकि हुदा आफुलाइ यो निर्णय गर्दा बडो कठिन परिस्थिती आफै भित्र आएपनि नेतृत्वमा बसेका नेताहरुको गैर-जिम्मेवारीपुर्ण जवाफले गर्दा आगामी दिनहरुमा स्वतन्त्र भुमिकामा रहने उनले बताइन । महरासंगै नेकपा एमालेका वडा तहका सदस्यहरु कुमादेवी शाही, जानकी ठगुन्ना, कमला भट्ट, अनिता खत्री, राजु धामी गोबर्धन श्रेष्ठ, सिद्धराज ऐर, सुरत चौधरी, हरिश बोहरा, गोमती गिरी, रामचन्द्र बिष्ट, कमला ओड र कमला गिरीले नेकपा एमाले पार्टी परित्याग गरेको जानकारी पत्रकार सम्मेलन मार्फत आयोजक टोलीले जानकारी गराएको छ ।
