०५ माघ, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर:

प्रतिनिधिसभा निर्वाचन-२०८२, फागुन २१ गते हुने निर्वाचनमा कंचनपुरको क्षेत्र नम्बर ०३ को चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि कंचनपुरमा ३ वटा क्षेत्र रहेका छन ।  यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टीका केन्द्रिय सह-प्रवक्ता पुर्ण बहादुर चन्द, रास्वपा नेपालबाट पुर्व सञ्चारकर्मी ज्ञानेन्द्र महता, नेकपा एमालेबाट बि.स. २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ०३ बाट संसदीय यात्रा तय गरिसकेका डा. दीपक प्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट सुदुरपश्चिम प्रदेशका पुर्व सान्सद मानबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) बाट सोही पार्टीका केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज बिष्णु प्रकाश उपाध्याय, उज्यालो नेपाल पार्टीबाट पार्टीका संस्थापक केन्द्रिय सदस्य भिम कुमाल, स्वतन्त्र उम्मेदवार दीवान आग्री तथा नेपाली काङ्ग्रेसबाट सम्भवत पुर्व गृहमन्त्री  रमेश लेखक चुनावी मैदानमा हुनेछन । 

सबै उम्मेदवारहरु निर्वाचनमा विजयी हुने उदेश्यले जनतामाझ आ-आफ्ना एजेन्डा सहित लागिपरेका छन । वेदकोट नगरपालिकाको ०८ नम्बर वडा, भिमदत्त नगरपालिकामा १९ वटै वडा तथा दोधारा-चादनी नगरपालिकामा १० वटा वडा गरि जम्मा ३० वटा वडाका मतदाताहरुले मतदान मार्फत कुनै एक जनालाई यो क्षेत्रबाट आफ्नो प्रतिनिधिलाई प्रतिनिधिसभामा पठाउने छन ।