१९ मंसिर, २०९२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर:

कला, सस्कृती र सभ्यता जोगाउने उदेश्यले मानसखण्ड गुरुकुलको आयोजनामा आजबाट महेन्द्रनगरमा मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी-२०८२ को शुरु भएको छ । आज र भोलि गरि दुई दिन संचालन हुने उक्त गोष्ठीमा नेपाल तथा भारतका विभिन्न राज्यबाट आफ्नो प्रतिभा देखाउनको लागि कवि, साहित्यकार तथा सर्जकहरुको उपस्थिती रहेको छ । 

लिटिल बुद्ध एकेडमी महेन्द्रनगरमा संचालन भइरहेको सम्मेलनले कुमाउँ,गडवाँल तथा भारतका विभिन्न राज्यहरुमा रहेको प्रतिभा तथा नेपालका विभिन्न जिल्लाहरुमा रहेका कवि तथा साहित्यकारहरुको रचना एक आपसमा साटासाट हुने तथा नयाँ पुस्तामा हराउदै गइरहेको भाषा साहित्य प्रतिको चासो बढाउने कार्य गर्ने बिश्वास गरिएको छ । सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमुख आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा सम्पुर्ण क्षेत्रमा परम्परागत शैलीको प्रयोग तथा हराउदै गरेका सास्कृतिक नृत्य, बाजा आदीको प्रयोग गरिएको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा समय-समय सास्कृतिक कार्य गरिरहेका मानसखण्ड गुरुकुलका संचालक हेमबाबु लेखकले यसपटक सुदुरपश्चिम विश्व-विद्यालयको प्रवर्धक तथा लिटिल बुद्ध एकेडमीको मुख्य प्रवर्धकमा कार्यक्रम आयोजना गरेका हुन ।