बिष्णुदत्त जोशी

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

२९ कार्तिक, २०८२

कञ्चनपुर:

नेकपा एमाले कञ्चनपुरले आज महेन्द्रनगरमा जनजागरण अभियान सम्पन्न गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पश्चात कञ्चनपुरमा नेकपा एमालेले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको जनजागरण अभियानले नेकपा एमाले जिन्दावाद, भदौ २३ र २४ गतेका अपराधिलाई कार्बाही गर, विघटन प्रतिनिधी सभा पुन स्थापना गर, भदौ २३र२४को निष्पक्ष छानविन गर लगायतका नाराहरु सहित र्‍याली लगाउदै महेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।

र्‍यालीले बजार परिक्रमा पश्चात मदनचोकमा पुगि कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलले भ्रष्ट्राचार कसैको एजेण्डा नभएको तर यस भित्र सुनियोजित सडयन्त्र भएको, प्रचण्डले जेनजी आन्दोलनमा संलग्ता भएकै कारण सिंहदरबार जलाउनु भन्दा पहिलानै सिंहदरबार जलाउने सुचना उहाँसंग रहेको आरोप लगाएका थिए यसका साथै नेपाली काङग्रेसलाई समेत आफुहरु संगै आन्दोलनमा आई संसद पुर्नस्थापनाको मुद्दामा संगै बसेर अगाडी बढनुपर्ने यो चुनाव कुनैपनि हालतमा हुन्छ भनेर नेपाली काङग्रेसले नसोचे हुन्छ चुनाव कुनैपनि हालतमा नहुने बताउनु भएको थियो ।अभियानमा यसपटक भने युवाहरु अग्र पङतिमा पाईएका थिए पछिल्लो समय सबै पार्टीले युवा पुस्तालाई राजनिक अवसर दिएर अगाडि बढने मनसाय देखाएको पाईन्छ ।