ब्रेकिङ न्युज

Default Placeholder

१२ पुस, २०८२ 

कञ्चनपुर:

कञ्चनपुर उद्योग वाणिज्य संघको १६औँ कार्यकारिणी समिति निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र मनोनयन दर्ता भएका उम्मेदवारहरूको विवरण निर्वाचन समितिले प्रकाशित गरेको हो ।

अध्यक्ष पदमा एक मात्र उम्मेदवारीमा न्यू पूजा ट्रेडर्सका दिनेश मल्ल उम्मेदवार रहेका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा दिपेन्द्र प्रकाश साउद (कृष्ण ट्रेडर्स), उद्योग उपाध्यक्ष पदमा तेज बहादुर चन्द (सिद्धनाथ उद्योग/देव अनमोल कसर उद्योग) तथा वाणिज्य उपाध्यक्ष पदमा गणेश चटौत (चटौत बस्त्र) उम्मेदवार बनेका छन् ।  महासचिव पदमा राहुल भट्ट (आर.वि. ट्रेड एण्ड सप्लायर्स) र सचिव पदमा नरेन्द्र प्रसाद जोशी (शुक्लाफाँटा सस उद्योग) उम्मेदवार रहेका छन् ।

कोषाध्यक्ष पदका लागि सिद्धराज भट्ट (न्यू श्री बेताल कलेक्सन), मीनराज भट्ट (मनोज इम्पोरियम) र प्रदीप पाल (प्रदीप ट्रेड एण्ड सप्लायर्स) बीच प्रतिस्पर्धा हुने भएको छ ।त्यसैगरी सदस्य पदमा लोक राज भट्ट, गोविन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देवी दत्त जोशी, भोजराज अवस्थी, गंगा सिंह धामी, कृष्ण राना, सरिता भण्डारी, हेमराज भट्ट, पार्वती कुमारी पिट्ट, संजय कुमार भट्ट र जगदीश चन्द भट्ट उम्मेदवार रहेका छन्। संस्थागत प्रतिनिधि सदस्यमा गजेन्द्र विक्रम थापा उम्मेदवार बनेका छन्।निर्वाचन समितिका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनले जिल्लाको उद्योग–व्यवसाय प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: