११ कार्तिक २०८२

बिष्णु दत्त जोशी

कञ्चनपुर :

कञ्चनपुरका आरक्ष पिडित समुदाय लगातार रुपमा आफ्नो मोडालिटि परिवर्तन गर्दै आन्दोलनमा छन । बि स २०५८ साल देखि उनीहरु घरबार विहिन अवस्थामा छन । तत्कालिन शाहि सरकारको पालामा निकुञ्ज विस्तारको नाममा निकुञ्ज वरिपरि बसोबास गरिरहेका परिवारहरुलाई विस्थापित गरेको थियो । व्यवस्था परिवर्तन देखि सरकार परिवर्तन भईरहेको समेत बर्षौ समय भईसक्यो तर आरक्ष पिडित अझैपनि आन्दोलनमै दिन कटाईरहेका छन । सरकारबाट विभिन्न आयोगहरु गठन भए पनि उनीहरुबाट प्रतिवेदन बाहेक अन्य कुनै काम हुन नसकेको आरक्ष पिडितहरुको गुनासो मात्रै रह्यो ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आरक्ष पिडितहरु हिजो आज जिल्ला प्रशासन कार्यालय अगाडिको खाली चउरमा प्लाष्टिकका टहराहरु बनाएर दबाव दिईरहेका छन । उनीहरु आश्वासनबाट थाकेको र अब उनीहरुलाई निष्कर्ष चाहिने उनीहरुको बुझाई रहेको छ ।