२६ असोज २०८२ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

डडेल्धुरा : 

डडेल्धुराको आलिताल गाउँ पालिकाको आयोजना अध्यक्ष, उपाध्यक्ष कप भलिबल तथा क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ । आलिताल गाउँ पालिकाले सुचना जारी गर्दै असोज २७ गते देखि ३० गते सम्म दोस्रो अध्यक्ष उपाध्यक्ष  कप प्रतियोगिता संचालन हुने जानकारी गराएको हो । 

आलिताल गाउँपालिकाको खेल मैदानमा सञ्चालन हुन गइरहेको आलिताल गाउँपालिकास्तरीय द्वितीय अध्यक्ष, उपाध्यक्ष भलिवल तया किकेट प्रतियोगितामा सहभागी हुन ईच्छुक आलिताल गाउँपालिका अन्तर्गतका वडाहरुमा रहेका विद्यालय, संघ-संस्था तथा क्लबहरुले तोकिए बमोजिमका कागजात सहित आज कार्यालय समय भित्र  आवेदन पेश गर्न हुन भन्दै सम्बन्धित सबैको जानकारीको लागि सूचना समेत प्रकाशित गरिएको छ ।

दुवै खेलमा ६५ हजार नगद, ट्रफी र मेडल प्रथम पुरुस्कार, दृतिय पुरुस्कार ५२ हजार र ३९ हजार रुपैया तृतिय पुरुस्कार ट्रफी तथा मेडलहरु रहेको उक्त कपमा भविबल तर्फ पुरुष तथा महिला र क्रीकेट तर्फ पुरुष टिमहरुको खेलहरु हुनेछन । दशै-तिहारको समयमा विभिन्न काम विशेषले गाउँ पालिका बाहिर बस्दै आएका गाउँ पालिका बासी समेत आ-आफ्नो गाउँमा फर्किएका हुने हुदा गाउँ पालिकाले आयोजना गरेका यस्ता किसिमका खेल आयोजनाहरुले एक आपसमा भेटघाट हुने, मित्रता रहिरहने, गाउँमा भइरहेका गतिविधीहरु बारे एक अर्का संग छलफल हुनुका साथै गाउँ स्तरमा हुने खेल प्रतिभालाई केन्द्रिय स्तर सम्म पुर्‍याउनको लागि अथवा खेलाडीलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउनको लागि समेत यस्ता खेल आयोजनाहरु प्रत्येक वर्ष भइरहनु पर्ने स्थानिय को बुझाइ रहेको छ ।