१२ भाद्र २०८२ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर :

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम कंचनपुरमा पनि मनाइने भएका छन ।  कंचनपुर जिल्लाका स्थानिय , प्रदेश तथा संघिय गरि ३ वटै तहका कर्मचारीहरुले भाग लिन पाउने गरि नेपाल निजामती युनियन कंचनपुरको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । कंचनपुरमा मात्र करिब ७०० जना कर्मचारी नेपाल निजामती कर्मचारी युनियनमा  आवद्ध रहेका छन । 

भाद्र १९ गते मनाइने स्थापना दिवसका अवसरमा देशभरिका नेपाल निजामती कर्मचारी युनियनहरुले रचनात्मक कार्यक्रमको आयोजना गर्नु भनी केन्द्रिय कार्यालयबाट पत्राचार गरिएको र त्यसैको आधारमा कंचनपुर जिल्लामा समेत ब्याडमिन्टन प्रतियोगिता तथा रक्तदान  कार्यक्रमको आयोजना गरिएको, नेपाल निजामती कर्मचारी युनियनका कंचनपुर जिल्ला अध्यक्ष गणेश सिंहले बताएका छन । 

स्थापना दिवसको अवसरमा कर्मचारी  युनियन कंचनपुरले लगातार तेस्रो सस्करणमा खेलकुद कार्यक्रमहरुको आयोजना गरिरहेको छ । भाद्र १६ देखि १८ गते सम्म संचालन हुने ब्याडमिन्टन प्रतियोगिता जिल्ला खेलकुद संघ कंचनपुर तथा कंचनपुर ब्याडमिन्टन संघको सहयोगमा महेन्द्रनगर स्थित कबर्ड हलमा संचालन हुनेछ भने भाद्र १८ गते बिहान रक्तदान कार्यक्रम नेपाल रेडक्रस कंचनपुर सङ्गको समन्वयमा सम्पन्न हुनेछ । 

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com