०७ भाद्र २०८२ 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर :

नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले आज एक कार्यक्रमको  आयोजना गरि हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको  छ।  कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका  पदाधिकारी र सरोकारवालाको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न  गरिएको  हो ।

युनियनका कंचनपुर जिल्ला अध्यक्ष गणेश सिंहले हरितालिका तिजको अवसरमा  दर खाने , आपसी सद्भाव, सहकार्य र एकता मजबुत बनाउने माध्यमका रूपमा लिनुपर्ने भन्दै सम्पुर्णमा हरितालिका तिजको शुभकामना समेत व्यक्त गरेका थिए  ।

 सहभागीहरूले दर खाने परम्पराले कर्मचारीबीच भातृत्व भावना बलियो बनाउने धारणा राख्दै आपसी सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन ।