७ भाद्र २०८२
महेन्द्रनगर :
मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औ स्मृती दिवसको अवसरमा सुदुरपश्चिम विश्व विद्यालय भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्र महेन्द्रनगर कंचनपुरको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालयमा कार्यक्रमको आयोजना गरिएको छ । सुदुरपश्चिम विश्व विद्यालय भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक हरिशचन्द्र भट्टको सभापतित्व तथा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपती प्रा .डा. हेमराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ ।
जयपृथ्वी बहादुर सिंहको स्मृती दिवसमा बझाङ , चैनपुरको बहुमुखी क्याम्पसमा समेत कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र नेपाली समाजमा किन जयपृथ्वी बहादुर सिंह यति धेरै मान्यता पाईरहेका छन । जयपृथ्वी बहादुर सिंहको भुमिका , यसबारे जयपृथ्वी बहादुर सिंहको पुर्खौली घर बझाङ, भोपुर नजिक बस्ने श्री जयपृथ्वी बहुमुखी क्याम्पसका सह- प्राध्यापक शेर बहादुर ओलीले अध्ययन अनुसन्धान गरी तयार गरिएको जयपृथ्वी बहादुर सिंहको जीवन गाथाले आजका पुस्तालाई को थिए जयपृथ्वी र के थियो उनको देन भन्ने बारे तयार गरिएको सामग्री।
परिचय
जन्म: वि.सं. १९३४/०५/०७ मंगलवार, बझाङ
बुवा: बिक्रम बहादुर सिंह
आमा: रुद्रकुमारी देवी सिंह ( बुवा जंग बहादुर राणा मुमा हेम कुमारी राणाकी छोरी)
मृत्यु: बि. स. १९९७ बंलोर
राजा घोषणा: १२ बर्षको उमेरमा श्री ३ बीर शमशेर बाट
प्रारम्भिक शिक्षा: प्राथमिक थापाथली दरवार माध्यामिक रानी पोखरी पाठशाला बि एल भारतमा
- राजघरानामा जन्म भए पनि जीवन समर्पित समाज सेवामा।
- जीवन दर्शन: “शिक्षा नै समाज सुधारको आधार हो।”
- शिक्षा क्षेत्रमा योगदान
- विद्यालय स्थापना र आम जनतामाझ शिक्षा फैलाउने प्रयास।
- महिला शिक्षा र पिछडिएका समुदायको शिक्षामा ध्यान।
- लेखन/प्रकाशन: पत्रपत्रिका, पुस्तक।
- उद्धरण: “शिक्षा छ भने अन्धकार हट्छ, सोच उज्यालो हुन्छ।”
- समाज सुधारकको भूमिका
- अन्धविश्वास, सामाजिक भेदभाव, अन्यायको विरोध।
- शिक्षा केवल व्यक्तिगत लाभको लागि होइन, समाज र राष्ट्रको प्रगतिका लागि।
- प्रेरणादायक घटना/उदाहरण
- विद्यालय स्थापना गर्दा स्थानीय विरोध।
- लेखन मार्फत समाज चेतना जगाउनु।
जीवन दर्शन र प्रेरणा
- शिक्षा, समानता, र समाज सुधारमा योगदान दिन प्रेरित गर्नु।
- शिक्षा नै समाज र राष्ट्रको वास्तविक शक्ति हो।
- मानवताबादी समाजवादी, समानतामूलक र प्रगतिशील दृष्टिकोण
- साँचो ज्ञानले मात्र मानिसको मानसिकता बदल्छ र समाज प्रगतिशील बनाउँछ।”
- शिक्षा छ भने अन्धकार हट्छ, सोच उज्यालो हुन्छ, र समाज विकासको मार्गमा अघि बढ्छ।”
- शिक्षा नै समाज सुधार र विकासको आधार हो।
सह प्राध्यापक ओलीका अनुसार , “जयपृथ्वी बहादुर सिह ब्यक्ति एक आयाम अनेक हुन।बिलक्षण प्रतिभाका धनी महान विचारक एबं दार्शनिक ,शिक्षाशास्त्री, समाजशास्त्री ,न्यायमूर्ति ,कुशल पत्रकार गोर्खापत्रका प्रथम सम्पादक कुशल उद्यमी, मानवताबादका हिमाईती हनुहुन्थ्यो। म पाठ्यक्रम बिषयको अध्येता भएका कारणले उहाँका यी बिचारहरुको बिकास गरिनु पर्छ ।हाम्रा बिश्वबिद्यालय तथा बिद्यालयका पाठ्यक्रमहरुमा उहाँको जीवनी मात्र राखेर हुदैन ।कानुन शिक्षा समाजशास्त्र पत्रकारिता आयुर्वेद जस्ता संकाय एवं बिषयहरुमा छुट्टाछुट्टै बिषय वस्तुहरु राखिनुपर्छ । अनि मात्र उहाँको बिचारको बिकास हुन्छ र उहाँ प्रतिको साचो अर्थमा श्रदा समन हुन्छ”।
