कञ्चनपुर:
२७ माघ, २०८२
कञ्चनपुरको भिमदत्त नगरपालिका १० अवस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा पाठेघरको मुख सम्बन्धि क्यान्सर विरुद्धको खोप लगाउदा कक्षा ६ मा अध्ययनरत ६ जना छात्राहरु बेहोस भएकि छिन। खोप लगाउँदा छात्राहरु बेहोस भएपछि उनीहरुलाई तुरुन्तै महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।जनस्वास्थ्य कार्यालय कञ्चनपुर प्रमुखका अनुसार छात्राहरुलाई खोपबाट कुनै समस्या नभएको र उनीहरुलाई सामान्य इन्जाइटी भएको हुदा सामान्य उपचार पछि सामान्य अवस्थामा आएका र केहिबेरमा घर फर्काइएको बताए।

आजबाट कञ्चनपुर जिल्लाका सम्पुर्ण पालिकाहरुमा पाठेघर विरुद्ध क्यान्सरको खोप कार्यक्रम शुरु भएको छ। खोप कार्यक्रम फागुन १ गते सम्म सञ्चालन गरिने गरि सञ्चालित छ। नेपालमा पाठेघरको मुखँको क्यान्सर दोस्रो नम्बरमा छ भने पहिलो नम्बरमा स्तन क्यान्सर हो। नेपालमा हुने क्यान्सर मध्ये यो क्यान्सर १५ प्रतिशत रहेको तथ्याङकहरुले देखाउँछ।
