ब्रेकिङ न्युज

Default Placeholder

महेन्द्रनगर, फागुन ६ – कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडमीको १९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ७ गते बिहीबार भव्य कार्यक्रमका बीच सम्पन्न हुने भएको छ।करिब २७०० भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयले विगतका वर्षहरूमा शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार र अवार्ड जित्दै आएको छ। विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको छ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरस्थित दुई वटा वृद्धाश्रम, धनगढीको नेपाल मानव आश्रम र महेन्द्रनगरको महाकाली बाल अनाथालयलाई २५/२५ हजार रुपैयाँका दरले नगद सहयोग गर्ने जनाएको छ। त्यसैगरी, कञ्चनपुर जिल्लाको श्री पञ्चकृत मा.बि.लाई करिब १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिने कार्यक्रम रहेको छ।उत्सव कार्यक्रममा विद्यालयको गरिमा वृद्धि गर्न विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिनेछ।

सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विद्यालयले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना गर्नुका साथै स्थानीय स्तरमा सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूमा उल्लेख्य सहभागिता जनाउँदै आएको छ।विद्यालय प्रशासनका अनुसार, “गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई सर्वाङ्गीण विकासतर्फ उन्मुख गराई भविष्यमा प्रत्येक क्षेत्रमा उत्कृष्ट नतिजासहित प्रस्तुत गराउने” उद्देश्यका साथ संस्था निरन्तर अघि बढिरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: