०५ भदौ २०८२
महेन्द्रनगर :
राष्ट्रिय स्वतन्त्र पार्टीले कंचनपुरमा पत्रकार सम्मेलन गरेको छ । सभापति रबि लामिछानेलाई राजनितिक प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै असार ७ गतेबाट देशभर शुरु गरिएको हस्ताक्षर अभियानका संयोजक दिपक बोहरा, पार्टीका सह प्रवक्ता रमेश प्रसाई, र रास्वापाका नेता प्रमोद न्यौपाने लगायत कंचनपुरका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले सभापती रबि लामिछानेलाई पुराना राजनितिक दलहरुले गरेको राजनितिक प्रतिशोधको कारण उनलाइ पक्राउ गरि कारागार राखिएको र अब सम्पुर्ण देशको हित चाहने जनताले हस्ताक्षर अभियानमा सहभागी भइ रबि लामिछाने माथिको राजनितिक प्रतिशोधको विरोधमा हस्ताक्षर मार्फत आफुहरुलाइ सहयोग गर्नु पर्ने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रबि लामिछाने पक्राउ पर्नुमा राजनितिक प्रतिशोध मात्र रहेको भन्दै असार ७ गते देखि देशभर विभिन्न बुथहरुको स्थापना गरि हस्ताक्षर अभियान संचालन गरेको थियो । हस्ताक्षर अभियानमा पहिलो पल्टमा विभिन्न स्थानहरुमा बुथ स्थापना गरि संचालन गरिएकोमा अब प्रतेक जिल्लामा जिल्लाका नेता कार्यकर्ताहरु जनताको घर दैलोमा गइ हस्ताक्षर संकलन गर्ने रास्वपा सह प्रवक्ता रमेश प्रसाइले बताएका छन ।
कार्यक्रममा पत्रकारबाट सोधिएका प्रश्नको उत्तर दिदै सह प्रवक्ता रमेश प्रसाईंले लिपुलेक , लिम्पियाधुरा र कालीपानीको अतिक्रमीत भुमीको लागि सभापती लामिछाने टीभी पत्रकार हुदानै प्रमाण सहित धेरै कार्यक्रमहरु संचालन गरिसकेको र आउदा दिनमा समेत आफुहरु उक्त भुमीबारे बोल्नुपर्ने ठाउँमा पछाडी नपर्ने बताएका थिए ।
